• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:16:08

टीकापुर मिडिया प्रा.लि. टीकापुर कैलाली
सुदूरको नेपाली आवाज
रेडियो नमस्ते ९६.५ मेघाहर्ज,
टीकापुर कैलाली


१. पृष्ठभूमिः
    कैलाली जिल्लाको सुदूरपूर्वी सुन्दर नगर टीकापुरमा स्थापना भई अत्याधुनिक प्रविधि र ५०० वाट क्षमताको डिजिटल ट्रान्समिटर र ४५ मिटर अग्लो टावरबाट आफ्नो प्रसारण शुभारम्भ सँगसँगै सूचना, सङ्गीत र स्वस्थ मनोरञ्जनको संगम ‘सुदूरको नेपाली आवाज रेडियो नमस्ते ९६.५ मेघाहर्ज’ पूर्णरूपमा स्थानीयता स्थापित गर्न समर्पित रेडियो स्टेशन हो । नयाँ नेपालको परिकल्पनाका रूपमा रहेको रेडियो नमस्तेलाई राष्ट्रिय तथा स्थानीय कला, साहित्य, संस्कृति, राजनैतिक, शैक्षिक, खेलकुद, सामाजिक, आर्थिक, पर्यटन एवं स्वास्थ्यका क्षेत्रमा चेतना र विकासका लागि सशक्त ढङ्गले अघि बढाउने हाम्रो मुख्य उद्देश्य हो । सञ्चार माध्यमहरू शहरमुखी र केन्द्रमुखी भई अगाडि बढिरहेको अवस्थामा हामीले ग्रामीण एवं शहरोन्मुख भेग र पिछडिएका समुदायहरूमा चेतनाको लहर ल्याई स्थानीय श्रोत र साधनको पूर्णरूपमा प्रयोग गरी समाजलाई आत्मनिर्भर बनाउन प्रयत्नशील रहने प्रतिबद्धताका साथ रेडियो नमस्ते ९६.५ मेघाहर्ज वि.सं. २०६९ साउन १ गतेबाट परीक्षण र भदौ १ गतेबाट नियमित सञ्चालनमा ल्याइएको छ । रेडियो नमस्तेले नमस्ते नमस्ते खबर, नेपालवाणी, थाहा सञ्चार, नमस्ते बुलेटिन, बीबीसी नेपाली सेवा गरी दैनिक १४ वटा न्यूज बुलेटिन प्रसारण गर्दै आइरहेको छ । प्रसारणको छोटो अवधिमा रेडियो नमस्तेले स्थानीय विषयमा सशक्त रूपमा समाचार सम्प्रेषण तथा सहभागितात्मक कार्यक्रमहरू सञ्चालन गरेर थुप्रै श्रोताहरूको मन जित्न सफल भएको छ । हरेक विहानको मिर्मिरेसँगै सुदूर र मध्यपश्चिमका बासिन्दाहरूलाई जगाउँदै विहान ५ बजेबाट रात्री ११ बजेसम्म १८ घण्टा प्रशारण भइरहेको छ ।
२. लक्ष्यः
    सुदूर र मध्यपश्चिम क्षेत्रका शिक्षा, स्वास्थ्य, कृषि, मनोरञ्जन, पर्यावरण, पर्यटन, आर्थिक उपार्जन र प्रेरणादायी एवं विकास पत्रकारितालाई आत्मसात गर्दै श्रोता सहभागितात्मक कार्यक्रमका माध्यमबाट गुणस्तरीय कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने ।
३. परिकल्पनाः
    आगामी दिनमा आर्थिक रूपमा सबल बनाउँदै सुदूर र मध्यपश्चिम क्षेत्रका अधिकाँश श्रोता, व्यापारी, व्यवसायी, विज्ञापनदाताहरू माझ सकारात्मक, स्तरीय सूचना प्रवाह गर्दै स्थानीयस्तरका विषयवस्तु, शिक्षा, स्वास्थ्य, कृषि, पर्यावरणका क्षेत्रमा कार्यक्रम उत्पादन एवं प्रशारण गर्दै क्षेत्रीय टेलिभिजनको स्थापना गरी उत्कृष्ठ व्यावसायिक सञ्चारगृहका रूपमा स्थापित गरिनेछ ।
४. उद्देश्यः
रेडियो नमस्ते ९६.५ मेघाहर्जले निम्न बमोजिमका उद्देश्यहरू लिएको छ ।
    क. श्रोता सहभागितात्मक कार्यक्रम उत्पादन तथा प्रशारण गर्ने,
    ख. सकारात्मक सन्देशमूलक सामाग्री प्रशारण गर्ने,
    ग. समाचारमा अधिकाँश सर्वसाधारणको पहुँच पु¥याउने,
    घ. शिक्षा, स्वास्थ्य, पर्यावरण, कृषि, पर्यटन, व्यवसायमूलक कार्यक्रम बनाई टेवा पु¥याउने,
    ङ. अधिकाँश कार्यक्रमहरू श्रोतासँगै रहेर प्रत्यक्ष प्रशारणमा जोड दिने,
    च. सञ्चारका अन्य माध्यम प्रिन्ट तथा इलेक्ट्रोनिक मिडियामा पहुँच बढाउँदै लैजाने ।   
५. पहुँच क्षेत्रः
    सुदूरको नेपाली आवाज रेडियो नमस्ते ९६.५ मेघाहर्जले आफ्नो परीक्षण प्रशारणकै क्रममा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, अछाम, बाजुरा, बैतडी, डडेल्धुरा, डोटीसहित मध्यपश्चिमका बर्दिया, सुर्खेत, दैलेख, कालिकोट र बाँकेका अधिकाँश क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्र तिकुनियाँ, सिंघाई, लखिमपुर, दुधुवा, पलियालगायतका क्षेत्रमा स्पष्ट सुनिएको प्रतिक्रिया पाएका छौं । विश्वकै उत्कृष्ठ प्रविधिको प्रयोगले यसको प्रशारण टाढा टाढासम्म स्पष्ट सुनिएको हो, जसको कारण हामीलाई गुणस्तरीय, परिमार्जित, परिस्कृत एवं सर्वस्वीकृत कार्यक्रमहरू उत्पादन एवं प्रशारण गर्न थप हौसला र उत्साह मिलेको छ र उत्कृष्ठ सेवा प्रदान गर्ने विश्वास समेत दिलाउन चाहन्छौं ।
६. रेडियो नमस्तेको सञ्चालक समितिः
१. श्री राजकुमार हमाल, अध्यक्ष÷टीकापुर मिडिया प्रा.लि., पूर्व अध्यक्ष टीकापुर उद्योग वाणिज्य संघ, अध्यक्ष टीकापुर जेसिज सन् २००२ तथा विगत २५ वर्षदेखि क्रियाशील युवा उद्यमी
२. श्री सुरतबहादुर विष्टः निर्देशक, क्रियाशील युवा उद्यमी, पूर्व अध्यक्ष टीकापुर उद्योग वाणिज्य संघ, कैलाली
३. श्री हिक्मतबहादुर थापाः निर्देशक, अन्तर्राष्ट्रिय टेक्नो–कमर्सियल म्यानेजमेन्ट एक्सपर्ट टीकापुरबाट, कोषाध्यक्ष एनआरएनए
४. श्री कर्ण कुँवर, प्रबन्ध निर्देशक रेडियो नमस्ते, एवं अढाइ दशकदेखि क्रियाशील पत्रकार एवं प्रधानाध्यापक अरूणोदय मावि खैरीफाँटा कैलाली
५. श्री टेकराज विष्टः निर्देशक, युवा उद्यमी एवं कोषाध्यक्ष टीकापुर उद्योग वाणिज्य संघ कैलाली
६. श्री आनन्द हमालः निर्देशक, पूर्व अध्यक्ष टीकापुर उद्योग वाणिज्य संघ, कैलाली एवं युवा उद्यमी एवं समाजसेवी
७. श्री डा. के.एम.भण्डारीः निर्देशक
८. श्री नन्दराज खनालः निर्देशक लेखापाल अरुणोदय मावि खैरीफाँटा कैलाली
९. श्री कुलबहादुर थापाः निर्देशक एवं युवा उद्यमी एवं क्रियाशील समाजसेवी
१०. श्री परमानन्द पाण्डेः निर्देशक क्रियाशील युवा पत्रकार
११. श्री पद्मिनी थापाः निर्देशक एवं संघीय महिला उपाध्यक्ष नेपाल शिक्षक संघ
१२.  श्री केशरी बिष्टः निर्देशक एवं उपमेयर टीकापुर नगरपालिका कैलाली
१३. श्री मन थापाः निर्देशक
१४.  श्री ऋतु हमालः निर्देशक