• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:28:47

राहत शिक्षक पनि आन्दोलनमाः भदौ २६ देखि २८ सम्म आम शैक्षिक हड्ताल

नमस्ते सम्बाददाता
टीकापुर, १८ भदौ

    संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत शिक्षकहरूलाई पूर्णरूपमा उपेक्षा गरिएको भन्दै नेपाल राहत शिक्षकहरू आन्दोलनमा उत्रिने भएका छन् ।
    नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीका अनुसार संसदमा पेश भएको संघीय शिक्षा विधयेकमा वर्षौंदेखि कार्यरत राहत शिक्षकहरूको पेशागत सुरक्षा र वृत्ति विकासमा मस्यौदा मौन रहेको र झण्डै डेढ दशकदेखि राहत शिक्षकले पुगाएको योगदानलाई पूर्णरूपमा वेवास्ता गर्दै ४० हजार राहत शिक्षकहरूको भविष्य अन्यौलपूर्ण देखिएकोलो आन्दोलनको विकल्प नभएको बताएका छन् ।
    अध्यक्ष अधिकारीले भने–‘हामीले भदौ २१ गते सम्पुर्ण प्रदेश समितिलाई आन्दोलनका खाकासहित परिपत्र गर्नेछौं र प्रदेशले जिल्ला र स्थानीय तहसम्म आन्दोलनलाई थप सशक्त वनाउनेछन् ।
    भदौ २१ गते सात वटै प्रदेश कार्य समितिमा सर्कुलर गर्न अध्यक्ष अधिकारी र महासचिव कर्णबहादुर मगरद्वारा हस्ताक्षरित पत्र रेडियो नमस्तेलाई विशेष सुत्रबाट प्राप्त भएको छ । उक्त पत्रमा आफ्ना माग सम्बोधन नभए भदौ २६–२८ गतेसम्म सामुदायिक विद्यालय आम शैक्षिक हड्ताल घोषाण गरिएको छ ।
    चार बुँदे माग सहितको उक्त सर्कुलर पत्रमा भनिएको छ–‘राहत कोटामा कार्यरत सम्पुर्ण शिक्षकहरूलाई एकमुष्ट स्थायी गर्नको लागि संघीय ऐनमा नीतिगत व्यवस्था गरियोस्, स्थायी प्रक्रियाको थालनी गर्नु पूर्व राहत शिक्षक सम्बन्धी हालको शिक्षा ऐन तथा नियमावलीले गरेका व्यवस्थाहरूको स्वामित्व निर्माणाधीन ऐनले ग्रहण गर्ने, स्थायी प्रक्रिया शुरू गर्नु पूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरवन्दीमा कार्यरत शिक्षकहरूको उमेरको हदवन्दी हटाइयोस्, राज्यबाट शिक्षक–शिक्षकबीच गरिदैं आएको सबैखाले विभेदको अन्त्य गर्न नीतिगत व्यवस्था सुनिश्चित गरियोस् ।’

प्रतिकृया दिनुहोस

महाकाली नगरपालिकाको शिक्षा नियमावलीविरुद्ध सर्वोच्चमा मुद्दा

लोकेन्द्र प्रशाद जोशी दार्चुला/दार्चुलाको महाकाली नगरपालिकाले नगरसभा मार्फत निमार्ण गरेर लागू भइरहेको शिक्षा नियमावली २०७५ विरुद्ध सर्वोच्च

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

सुर्यप्रसाद पाण्डे काठमाडौं  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र

स्थगित शिक्षक परीक्षाको मिति तत्काल तय गर्न माग गर्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं । अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्नुपर्नेलगायतका समसामयिक माग राख्दै शिक्षक महासंघ आन्दोलित भएको छ । महासंघको