• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:46:28

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता
टीकापुर, १० असोज

विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्दै चितवनको टाँडीमा सम्पन्न भएको छ ।
उक्त सभाबाट एम्नेष्टी नेपालको अध्यक्षमा भक्तपुरका बिक्रम ढुकुछु र कोषाध्यक्षमा बीरगञ्ज पर्साका सुरेशप्रसाद उपाध्याय निर्वाचित भएका छन् । ढुकुछु र उपाध्याय काठमाण्डौका क्रमशः उत्तम सापकोटा र अशोकप्रसाद घिमिरेलाई पछि पार्दै निर्वाचित भएका हुन् ।  
अध्यक्ष ढुकुछुले ८७ र कोषाध्यक्ष उपाध्यायले ७३ मत ल्याएका हुन् ।
त्यस्तै एम्नेष्टी नेपालको उपाध्यक्षमा प्युठानका पार्वता आचार्य, महासचिव मा कैलाली टीकापुरका कर्णबहादुर कुँवर र उप–महासचिवमा दाङ्गका विपीन बुढाथोकी मनोनित भएका छन् ।
उनीहरूलाई चितवन मै सम्पन्न एम्नेष्टी नेपालको पहिलो बोर्ड बैठकले मनोनित गरेको हो भने ११ सदस्यीय कार्य समितिमा अध्यक्ष, कोषाध्यक्ष र ३ महिलासहित ७ सदस्यको मात्र प्रत्यक्ष निर्वाचन हुन्छ भने २ जना युथ नेटवर्कबाट युवा सदस्यका हैसियतले प्रतिनिधित्व गर्ने गर्छन् ।