• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:17

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा
काठमाडौं, १४ असोज

एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।
एम्नेष्टी इन्टरनेशनल नेपाल निर्माणाधीन मिडिया ग्रुपद्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सम्मानमा आइतबार काठमाडौको बसुन्धारामा आयोजित कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ढुकुछुले मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले समूह तथा यूथ नेटवर्क विस्तार अभियान थाल्ने बताएका हुन् ।
देशव्यापी रुपमा समूह तथा युथ नेटवर्क विस्तार गरिएमा मानव अधिकार शिक्षा र चेतनाको विकास हुने र मानवअधिकारको अवस्थामा सुधार आउने सहभागी वक्ताहरूको भनाई छ ।
निर्माणाधीन मिडिया ग्रुपले हालै चितवनको टाँडीमा सम्पन्न २७ औं वार्षिक साधारण सभा तथा राष्ट्रिय परिषद्बाट निर्वाचित अध्यक्ष बिक्रम ढुकुछु सहितका पदाधिकारीहरूलाई बधाई दिदै सम्मान गरेको हो ।
उक्त कार्यक्रममा एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित कोषाध्यक्ष सुरेशप्रसाद उपाध्याय, उपमहासचिव विपीन बुढाथोकी, नेशनल बोर्ड सदस्यहरू सचिता कुईंकेल थापा, समीक्षा कोइराला, गोविन्द वाग्ले, पुनरावेदन समिति संयोजक सुदीपकुमार शर्मा भट्ट र सदस्य जीवन फुयाँल लगायतलाई निर्माणाधीन मिडिया ग्रुप संयोजक मुकुन्द ढुङ्गानाले स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिकृया दिनुहोस

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक

काँग्रेसको दावीः ओली सरकार ६ महिनामा ७ मुद्दामा चुक्यो

नमस्ते सम्बाददाता टीकापुर, ३ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान केपी ओली नेतृत्वको सरकार ६ महिनामा ७ मुद्दामा चुकेको टिप्पणी गरेको