• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:35

अछाममा ५७ वर्षीया लाटी महिलामाथि सामुहिक बलात्कार, बलात्कार आरोपमा तीन जना पक्राउ एक युवक कारागार चलानः

नमस्ते सम्बाददाता
टीकापुर, २१ कार्तिक

सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा दुई छुट्टाछुट्टै बलात्कार घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख एवं डीएसपी जनकबहादुर शाहीले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार अछामको चौरपाटी गाउँपालिका वडा नं.–६ का ३१ वर्षीय नाउटे आउजी र १९ वर्षीय बुद्धि आउजी र पञ्चदेवल विनायक नगरपालिका वडा नं.–६ का जगत विश्वकर्मालाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।
नाउटे र वुद्धिलाई चौरपाटी गाउँपालिका वडा नं.–६ की बोल्न नसक्ने ५७ वर्षीया लाटी महिलालाई सामुहिक रूपमा बलात्कार गरेको आरोपमा मंगलबार पक्राउ गरिएको हो ।  
नाउटे र बुद्धिले कार्तिक १५ गते राति करिव ११ बजे मदिरा सेवन गरी ती महिलालाई नियन्त्रणमा लिइ कुटपिट समेत गरी बलात्कार गरेको जनाइएको छ ।
पीडित पक्षको जाहेरीपछि पक्राउ परेका नाउटेले ती महिलालाई बलात्कार गरेको स्वीकार्दै उक्त घटनामा बुद्धि आउजीको समेत संलग्नता रहेको बयान दिएपछि दुवै जनालाई नियन्त्रणमा लिइ अदालतबाट म्याद थपी आवश्यक अनुसन्धान अगाडि बढाइएको डीएसपी शाहीले बताएका छन् ।
त्यसैबीच अछाम कै पञ्चदेवल बिनायक नगरपालिका वडा नं.–६ जगत विश्वकर्मा सोही ठाउँकी २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् ।
स्थानीय जनज्योति युवा क्लवद्वारा मालिका आधारभूत विद्यालय बान्नेमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएका बखत ती युवतीलाई विश्वकर्माले कार्तिक १८ गते राति करिव १२ बजे विद्यालय कै कोठामा लगेर बलात्कार गरेका हुन् ।
पीडित युवतीका अनुसार साँस्कृतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा जगत विश्वकर्माले एक्लै भएको मौका छोपी बलात्कार गरेका हुन् ।
पीडक जगतलाई इलाका प्रहरी कार्यालय बिनायकले मंगलबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
त्यसैबीच अछामको कमलबजार नगरपालिकाका एक युवक ७ वर्षीया बालिका बलात्कार र १४ बर्षीया बालिकामाथि बलात्कार प्रयास गरेको आरोप मा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
दुवै घटनामा संलग्न भएको आरोपमा कमलबजार नगरपालिका वडा नं.–५ कीर्तिपुरका १८ बर्षीय एक युवकलाई अछाम जिल्ला अदालतले पुर्पक्षका लागि सोमबार कारागार चलान गरेको हो ।
अछाम प्रहरी प्रमुख एवं डीएसपी शाहीले उक्त प्रकरणको अनुसन्धान गरी आइतबार अदालतमा मुद्दा पेश गरिएको र अदालतकै आदेशमा ती युवकलाई सोमबार कारागार चलान गरिएको जानकारी दिएका छन् । ती युवकलाई प्रहरीले कार्तिक ३ गते पक्राउ गरेको थियो ।
ती युवकले ७ वर्षीया बालिकालाई गत असोज ३ गते जङ्गलमा बाख्रा चराउन गएका बेला बलात्कार गरेका हुन् ।
बलात्कारको आरोपी युवकले कार्तिक २ गते वडा दशैंको टीकाका दिन बिहान १० बजेतिर १४ वर्षीय बालिका भेरीछाडा नवाशैन जंगलमा गाई–बाख्रा हेर्न गएको मौका छोपी करणी गर्ने उद्देश्यले हातपात गर्न खोजेका थिए ।
ती वालिका भाग्न सफल भई घरमा आएर सो कुरा बताएपछि ७ वर्षीया बालिकालाई समेत असोज ३ गते दिउँसो सोही वनको नवाशैन खोलामा जबरजस्ती करणी गरेको खुलेपछि युवकलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो ।
युवकले आफ्नो हातमा लगाएको घडी ७ वर्षीया बालिकालाई दिई ललाइ फकाइ जबरजस्ती करणी गरेको बालिकाका बुवाले प्रहरीलाई बताएका थिए ।
ललाइ फकाइ गरेको कुरा कसैलाई भने मारी दिने धम्की दिएकोले छोरीले डरले कसैलाई खबर नगरेको पीडित बालिकाको बुवाले प्रिहरी समक्ष बयान दिएका छन् ।
वर्तमान कानुनले १८ वर्षसम्म उमेरकालाई नावालकको रूपमा परिभाषित गरेका कारण युवकको परिचय खुलाएको छैन ।        

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट