• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:07

बोक्सीको आरोपमा घोडाघोडीकी राधामाथि फेरि कुटपिट एक पक्राउ

नमस्ते सम्बाददाता
टीकापुर, २२ कार्तिक

कैलालीको घोडाघोडी नगरपालिका वडा नं.–५ देउकलियाकी राधा चौधरी माथि फेरि पनि बोक्सीको आरोपमा कुटपिट गरिएको छ ।
यस अघि समेत राधामाथि बोक्सीकै आरोपमा २०७४ फागुन २४ गते निर्घात कुटपिट गरिएको थियो ।
राधामाथि स्थानीय कालीचरण चौधरीले बुधबार कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख एवं डीएसपी हरिबहादुर वलीले जानकारी दिएका छन् ।
कुटपिटमा संग्लन कालीचरणलाई इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरिसकेको छ भने यसअघि बोक्सीकै आरोपमा राधामाथि कुटपिट भएको थियो ।
बोक्सीको आरोपमा राधामाथि कुटपिट गरेको अभियोगमा भोलेबाबा भनिने रामबहादुर चौधरीसहित ३ जना अदालतको आदेशपछि कैलाली कारागार मा कैद सजाय भोगिरहेका छन् ।

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट