• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 01:07:09

जङ्गली हात्तीको जत्थाले कञ्चनपुरमा तीन घर भत्कायोः स्थानीयवासी त्रसित

नमस्ते सम्बाददाता
कञ्चनपुर, २३ कार्तिक

कञ्चनपुरको बेदकोट नगरपापलिका वडा नं.–१० राना दैजीका तीन जनाको घर जङ्गली हात्तीको झुण्डले भत्काइ दिएको छ ।
बिहीवार राति शिवराज राना, खेमराज राना, प्रेमसिंह रानालगायत तीनजनाको घर हात्तीको झुण्डले भत्काएको हो । हात्तीले घर भत्काइ भण्डारण गरेर राखेको धान, चामल, पिठो, गहुँलगायतको अन्न सबै खाएको छ ।
लुगा, कागजपत्र बाकस, ग्याँस सिलिण्डर, दराज, पङ्खा, टिभीलगायतका सामाग्रीसमेत पूरै तोडफोड गरेको छ । घर नजिक लगाएको तरकारी नष्ट गर्नुका साथै खानेपानीका लागि गाडिएको नल्कासमेत हात्तीको झुण्डले उखेलेको छ ।
विहीवार राति १२ बजे २० भन्दा बढीको संङ्खयामा रहेको हात्तीको झुण्ड शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको हो ।
हात्तीको झुण्डले घर भत्काउन थालेपछि बालबालिकासहित ज्यान जोगाउन घर छाडेर भागेको स्थानीय शिवराज रानाले बताएका छन् ।
‘बिहान घरमा पुग्दा घर भत्काइएको थियो’ उनले भने,–‘घरभित्र राखेको सबै अन्न खाइदियो । लुगाफाटोसमेत च्यातचुत पारेर विचल्लीमा पारेको छ ।’
अन्न सबै हात्तीले खाएपछि बिहान छिमेकीले दिएको खाना खाएर बसेको हात्री पीडित खेमराज रानाले बताए । उनले भने–‘हात्तीले बिजोग पा¥यो । खाना समेत अरूबाट मागेर खानु परेको छ ।’
खेतमा धान छँदा खाएर नोक्सान गर्दै आएको हात्तीले घरभित्र राखेको धानलगायतका अन्नसमेत खाएर नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । हात्ती नियन्त्रणका लागि भरपर्दो व्यवस्था गरिदिन यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।
त्यसैबीच, शुक्रवार बिहान सुदूरपश्चिम प्रदेश साँसद लालबहादुर खड्काले हात्तीले घर भत्काएका परिवारको अवस्था र क्षतिको जानकारी लिएका छन् ।
साँसद खड्काका अनुसार हात्तीको झुण्डले तीन वटै परिवारको अन्न सबै खाएर र घरभित्र राखेको लुगाफाटोसमेत नष्ट गरेको छ ।
खड्काले भने,–‘हात्तीपीडित परिवारको अवस्था निकै नाजुक छ। तत्काल राहत र बस्ने व्यवस्था मिलाउन पहल भइरहेको छ ।’

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट