• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:32:31

धनगढी वसपार्कमा वसका सहचालक मृतावस्थामा फेलाः दुई जना पक्राउ

नमस्ते सम्बाददाता
टीकापुर, २३ कार्तिक

कैलालीको धनगढी उपमहानगरपालिका वडा नं.–४ बसपार्कमा एकजना बसका सहचालक मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार ना ४ ख ४२६४ नम्बरको बसका सहचालक बझाङका मोहन बोहरा मृतावस्थामा फेला परेका हुन् ।
बोहराको बायाँ कोखामा धारिलो हतियार प्रहार भएको देखिएको छ । शुक्रवार बोहरालाई मृतावस्थामा देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए ।
बोहरा विगत २५–२६ वर्षदेखि बसपार्क क्षेत्रमा रहँदै आएको स्थानीयबासी बताउँछन् ।
घटनाको अनुसन्धानका लागि प्रहरीले ना ५ ख ३५७ नम्बरको बसका सह चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलाली का प्रमुख एवं एसी आभुषण तिम्सिनाले जानकारी दिएका छन् ।
गए रातिसम्म धनगढी बसपार्क जुवा खेलिरहेका उनी विवाद भएर मारिए को हुनसक्ने प्रहरीको आशङ्का छ । शव पोष्टमार्टका लागि सेती अञ्चल अस्पताल राखिएको छ ।
उता अछामको कमलबजार नगरपालिकामा भिरबाट लडेर एक जनाको ज्यान गएको छ ।
कमलबजार नगरपालिका वडा नं.–५ का ५० बर्षीय बखतबहादुर थापा को घटनास्थल मै ज्यान गएको हो ।
गैरीटाड बजारबाट तिहारको लागि चाहिने आवश्यक सामाग्री किनेर घर फर्किने क्रममा उक्त वडाको माटिखाने भिरबाट खसेर ज्यान गएको वडा अध्यक्ष नन्दसिंह चलाउनेले जानकारी दिएका छन् ।
थापाको विहीवार बेलुकी करिव साढे ६ बजे सडकबाट २ शय मिटर तल खस्दा ज्यान गएको हो भने उनको टाउकोमा गम्भीर चोट लाग्दा घटना स्थलमै ज्यान गएको अध्यक्ष चलाउनेले बताएका छन् । मृतक थापा महाकाली माध्यमिक विद्यालय कुईंकाका कार्यालय सहयोगीको रुपमा कार्यरत थिए ।
यस अघि कार्तिक ११ गते समेत अछाम सदरमुकाम मंगलसेन नगर पालिका वडा नं.–१३ बस्तीका कृष्णबहादुर धामीको भिरबाट लडेर ज्यान गएको थियो । मृतक धामी समेत स्थानीय यशोधरा आधारभूत बिद्यालय बस्तीमा कार्यालय सहयोगीका रूपमा कार्यरत थिए ।

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट