• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:00:53

जिप र स्कुटर आपसमा ठोक्किदाँ महिलाको ज्यान गयोः अर्का गम्भीर घाइते

नमस्ते सम्बाददाता
महेन्द्रनगर, २३ कार्तिक

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.–१३ बढैपुरमा शुक्रवार दिउँसो भाडाको जिप र स्कुटर आपसमा ठोक्किदाँ एक जनाको ज्यान जानुका साथै थप एक जना गम्भीर घाइते भएका छन् ।
प्रदेश क्षेत्रीय ट्राफिक कार्यालय अत्तरियाले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार दोधारा चाँदनीको झुलुङ्गेपुल तर्फबाट आइरहेको से १ ज ८४५ नम्बरको भाडाको जिप र मझगाउँ एयरर्पोटतर्फबाट गइरहेको म २ प ५८१ नम्बरको स्कुटर एक आपसमा ठोक्किदाँ स्कुटरमा सवार भीमदत्त नगरपालिका वडा नं.–१३ कै २० वर्षीया पार्वती बोहराको ज्यान गएको हो ।
उक्त दुर्घटनामा परि सोही ठाउँका १५ वर्षीय स्कुटर चालक रोशन खत्री गम्भीर घाइते भएका छन् ।
आज दिउँसो करिव १ बजे भएको उक्त दुर्घटनामा घाइते भएकी पार्वती को उपचारका क्रममा महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा ज्यान गएको हो ।
त्यस्तै गम्भीर घाइते रोशनलाई थप उपचारका लागि भारतको खटिमा रिफर गरिएको छ ।
जिप चालक बैतडीका २६ वर्षीय नरेश टमट्टा जिपसहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा रहेका छन् ।
शुक्रवार कैलालीको धनगढी, कञ्चनपुरको कलवापुर र डडेलधुरामा समेत छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।  

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट