• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:19

बझाङ्ग कारागार पुगेर पाँच कैदीवन्दीलाई लगाए दिदीबहिनीले भाइटीका

नमस्ते सम्बाददाता
बझाङ्ग, २३ कार्तिक

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ जिल्ला कारागारमा रहेका पाँच जना कैदीबन्दीका दिदीवहिनाले शक्रुवार कारागार मै गएर आफ्ना दाजुभाइलाई भाइटीका लगाएका छन् ।
बझाङ्ग कारागारले त्यहाँका कैदीबन्दीका लागि भाइटीका लगाउने तथा आफन्त भेट्ने निश्चित समय तोकेपछि शुक्रवार उनीहरूले टीका लगाउने मौका पाएका हुन् ।
जिल्ला कारागारका प्रहरी प्रमुख एवं असई भरत विश्वकर्माले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार कारागारमा रहेका कैदीवन्दी प्रदीप नेपाली, सुरज नेपाली, आकाश नेपालीका दिदीवहिनीले उनीहरूलाई भाइटीका लगाएका हुन् ।
उनीहरू तीनै जना जवरर्जस्ती करणीको अभियोगमा बन्दी बनाइएका  हुन् ।
त्यस्तै लागु औषध मुद्दाका कलक जाग्रीकी दिदी र कर्तव्य ज्यान मुद्दाका ज्ञानेन्द्र सुनारकी बहिनीले समेत आफ्ना भाइ र दाजुलाई भाइटीका लगाइ दिएकीछिन् ।   
२५ कैदीबन्दीको क्षमता रहेको बझाङ्ग जिल्ला कारागारमा यतिखेर ४२ कैदी र ११ थुनुवा गरेर ५३ कैदीबन्दी कष्टकर जीवन बिताउँदै आएका छन् ।
बझाङ्ग कारागारमा भाइटीका दिन विहान १० वजेदेखि साँझ ५ बजेसम्म सात घण्टा टीकाटालो र भेटघाटको समय दिइएको थियो ।
खानेपानी, चर्पी र ढल निकासको समेत राम्रो व्यवस्था छैन । वि.सं. २०४० मा निर्माण गरिएको कारागार भवन निकै जीर्ण अवस्थामा छ । यसअघि गत जेठ १२ गते लगातार तीन दिनसम्म परेको वर्षाका कारण जीर्ण जिल्ला कारागारको १५ मिटर घेरबार भत्किँदा कारागारमा रहेका कैदी तर्सिएका थिए ।
सुत्ने ठाउँ नभएर आलोपालो गरी राति सुत्ने गरेका छन्। जस्ताले छाएको भवनको चारैतिर प्वालनै प्वाल छन् । हिउँदयाम शुरु भइसकेकाले चिसोका कारण निकै असहज हुने गरेको कैदीहरूको गुनसो छ ।

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट