• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:51:28

कैलालीको चौमालामा पिकनिक जाँदै गरेको बस पल्टिदाँ १५ जना घाइते

नमस्ते सम्बाददाता
टीकापुर, २६ कार्तिक

कैलीलीको जानकी गाउँपालिका वडा नं.–९ मूर्तियाबाट खानीडाँडा वनभोजका लागि जाँदै गरेको बस सोमबार विहान चौमालामा दुर्घटना हुँदा पिकनिक टोलीका १५ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार पिकनिकका लागि जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख ५३० नम्बरको वस अगाडिको टायर पञ्चर भई राजमार्गबाट तल पल्टिदाँ उक्त दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय चौमालाका इञ्चार्ज एवं सई टोपबहादुर शाहीका अनुसार उक्त दुर्घटना गौरीगङ्गा नगरपालिका वडा नं.–४ राजीपुर नजिकै करिव विहान १० वजेर ४५ मिनेटमा भएको हो ।
दुर्घटनामा बढी घाइते भएका मध्ये मध्ये ६ जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ भने अस्पतालका अनुसार उनी हरूको अवस्था सामान्य रहेको छ ।
पद्मा अस्पतालका अनुसार उपचारार्थ भर्ना हुनेमा अन्तराम चौधरी, लोकेन्द्र भण्डरी, मनिषा टमट्टा, तारा साउँद, प्रतिभा साउँद र इशरा धामी रहेका छन् ।
अन्यको उपचार राजीपुरस्थित स्थानीय उपचार केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चौमालाले जानकारी दिएको छ ।
बसमा ३५ जना सवार थिए ।
देउसी भैलोबाट सङ्कलित रकमबाट यतिखेर पिकनिक खानका लागि कैलालीको टीकापुर पार्क, पितमारी, कर्णाली चिसापानी, घोडाघोडी, खानीडाँडा, गोदावरी जानेको लर्को नै लाग्ने गरेको छ । 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट