• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:18:17

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता
टीकापुर, २६ कार्तिक

बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको अभियोगमा सोमबार प्रहरीले एक अष्ट्रेलियन महिलासहित थप चार नेपालीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख एवं एसपी सुरेन्द्र मैनालीले रेडियो नमस्तेलाई दिएको जानकारी का अनुसार घर घरमा गई क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको सूचनाका आधारमा बर्दिया प्रशासन कार्यालय बर्दियाको निर्देशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
प्रशासन कार्यालयले उनीहरूलाई कार्यालयमा झिकाई जाँचबुझ गर्दा धर्म प्रचार गरेको पाइएपछि प्रहरीको जिम्मा लगाएको छ ।
प्रहरीले इसाई (क्रिश्चियन) धर्म प्रचार गर्दै हिँडेका ४ जना नेपालीसहित एक जना अष्ट्रेलियन महिलालाई पक्राउ गरिएको एसपी मैनालीले बताएका छन् ।
प्रहरीले नियन्त्रणमा लिएकी अष्ट्रेलियन महिला क्याटिया ग्रान, नेपालगञ्जकी श्रीजन मानन्धर, श्वेता मानन्धर, दैलेखका तेजबहादुर शाही र बर्दिया मधुवन नगरपालिका वडा नं.–६ का दलबहादुर तिरुवालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ ।
    भिजिट भिषामा नेपाल छिरेकी विदेशी महिलाले धर्म प्रचारमा लागेको पाइएकाले अनुसन्धानपछि उनलाई अध्यागमन विभाग काठमाडौँ पठाइएको एसपी मैनालीले जानकारी दिएका छन् ।
नियन्त्रणमा रहेकाहरूलाई अनुसन्धानका क्रममा विदेशीसहित अन्य चार जनाले घरघरमा गई धर्म प्रचार र विभिन्न प्रलोभनमा धर्म परिवर्तन गरेको पाइएकाले उनीहरूविरूद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरमा मुद्दा चलाइएको एसपी मैनालीले बताएका छन् ।

  • उक्त संहिताको दफा १५५ अनुसारको कसुर गर्ने वा गराउनेलाई ३ वर्ष कैद र ३० हजार रूपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ भने विदेशी नागरिकका हकमा कैद भुक्तान गरेको ७ दिनभित्र निजलाई नेपाल वाहिर पठाउनु पर्ने उल्लेख छ ।   

उक्त संहिताको दफा १५५ अनुसारको कसुर गर्ने वा गराउनेलाई ३ वर्ष कैद र ३० हजार रूपैयाँसम्म जरिवाना गर्ने प्रावधान छ भने विदेशी नागरिकका हकमा कैद भुक्तान गरेको ७ दिनभित्र निजलाई नेपाल वाहिर पठाउनु पर्ने उल्लेख छ ।   

कानुन विपरीत जबरजस्ती धर्म परिवर्तन गराउने कसैलाई पनि नछाडिने एसपी मैनालीले बताएका छन् ।
नियन्त्रणमा लिइएकाहरूबाट सोधपुछ र चेकजाँचका क्रममा बाइबल, डायरी, पर्चा पम्प्लेट लगायत भिडियो फेला परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी महेन्द्रजंग शाहीले बताएका छन् ।
‘उनीहरू धर्म प्रचारकै लागि घरदैलोमा हिँडेको पुष्टि भएकाले प्रहरीको जिम्मा लगाएका हौं’, निमित्त प्रजिअ शाहीले भने,–‘समूह बनाएर धर्म प्रचारका लागि घरदैलोमा पुगेको सूचना प्राप्त भएपछि अनुसन्धान थालेका हौं ।’

 

प्रतिकृया दिनुहोस

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा काठमाडौं, १४ असोज एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक

काँग्रेसको दावीः ओली सरकार ६ महिनामा ७ मुद्दामा चुक्यो

नमस्ते सम्बाददाता टीकापुर, ३ भदौ प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान केपी ओली नेतृत्वको सरकार ६ महिनामा ७ मुद्दामा चुकेको टिप्पणी गरेको