• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:20:25

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी
बौनियाँ कैलाली, २८ कार्तिक

कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट बुधबार साँझ तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँका इञ्चार्ज एवं इन्स्पेक्टर कलेन्द्रविक्रम शाहले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार कञ्चनपुर पुर्नवास पोलिक्लिनिकको म १ च ४२७ नम्बर एम्बुलेन्स धनगढीबाट विरामी ल्याएर नेपालगञ्जतर्फ आउँदै गर्दा बुधबार साँझ करिव ७ बजे उक्त दुर्घटना भएको हो ।
 उक्त एम्बुलेन्सले कट्टीपुरमा पैदलयात्री स्थानीय ६० वर्षीय लोकराज अधिकारी, ६३ वर्षीय जगतदेव धमाला र ३४ वर्षीय लक्ष्मीप्रसाद अधिकारीलाई ठक्कर दिएर घाइते बनाएको हो । ्
प्रहरीका अनुसार घाइते तीनै जनाको खुट्टा र टाउकोमा चोट लागेको छ । उनीहरूको सडकपुर बौनियाँस्थित बर्दगोरिया अस्पताल प्रालिमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ ।
ठक्कर दिने एम्बुलेन्समा ल्याएको विरामीको अवस्था गम्भीर रहेकाले विहीवार सम्पर्कमा आउने गरी विरामी पु¥याउन छाडिएको इन्स्पेक्टर शाहले जानकारी दिएका छन् ।
घाइतेको अवस्था चिन्ताजनक नरहेपनि टाउकोमा चोट लागेका कारण नेपालगञ्ज रिफर गरिएको हो ।

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

कैलालीको चौमालामा पिकनिक जाँदै गरेको बस पल्टिदाँ १५ जना घाइते

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक कैलीलीको जानकी गाउँपालिका वडा नं.–९ मूर्तियाबाट खानीडाँडा वनभोजका लागि जाँदै गरेको बस सोमबार विहान