• शनिबार-११-४-२०७५/ 16-Saturday-2019
  • 01:22:08

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता
टीकापुर, १ मंसिर

सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते भएका छन् ।
सडक दुर्घटनामा परि डडेंलधुरामा २, कञ्चनपुर र बझाङ्गमा १÷१ जनाको ज्यान गएको हो भने डडेंलधुरामा शनिवार भएको दुर्घटनामा परि थप १९ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार डडेंलधुराको भागेश्वर गाउँपालिका वडा नं.–४ धिमलामा भागेश्वरबाट डडेंलधुरातर्फ जाँदै गरेको म १ ज १८० नम्बरको जिप शनिबार बिहान सडकबाट करिव ३ शय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार ४१ वर्षीय दीपेन्द्र शाही र २८ वर्षीय धर्मसिंह मडैको घटनास्थलमै ज्यान गएको हो भने थप १९ घाइते भएका छन् उनीहरूको उपक्षेत्रीय अस्पताल डडेंलधुरामा उपचार भइरहेको छ ।
यता कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं.–६ चान्देबमा रा १ त ११९५ नम्बरको ट्याक्टरले शुक्रवार राति साइकल यात्री स्थानीय ३० वर्षीय सैतुराम चौधरीलाई ठक्कर दिँदा घटनास्थल मै ज्यान गए गएको छ ।
उता पहाडी जिल्ला बझाङको मष्टा गाउँपालिका वडा नं.–२ घानगदामा से १ ज ५६२ नम्बरको जिप सडकबाट करिव डेढ शय मिटर तल खस्दा शुक्रबार दिउँसो जिप चालक सोही ठाउँ बस्ने किरण धामीको घटनास्थलमै ज्यान गएको छ ।

 

प्रतिकृया दिनुहोस

खैरो हेरोइनसहित सेनाका एक जवान पक्राउ

नमस्ते सम्बाददता टीकापुर, २७ माघ प्रहरीले नेपाली सेनाका एक जवानसहित दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । समाचार स्रोतका अनुसार नेपाली सेनाका

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट