• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:13

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर
टीकापुर, ६ मंसिर

सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ भने ३५ बढी घाइते भएका छन् ती मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
प्रदेश ट्राफिक कार्यालय अत्तरियाले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार विहीवार राति ८ बजेसम्म दुर्घटनामा परि ज्यान गुमाएका मध्ये १६ जनाको शव निकालिएको छ र मृतकको संख्या बढ्न सक्ने आशङ्का गरिएको छ । बस विहीवार साँझ करिव ७ बजे दुर्घटनामा परेको हो ।
डडेलधुराको उग्रतारा भगवती मेला देहीजाँत हेरेर फर्कने क्रममा डडेलधुरा र डोटीको सीमामा पर्ने डडुवा खोलामा डोटीकै शिखर नगरपालिका अन्तर्गत बान्डुरीसैनस्थित पिसजोन बोर्डिङ स्कुलको से १ क २९३ नम्बरको बस सडकबाट करिव ५ शय मिटर तल खसेको हो । बसमा ६५ बढी व्यक्ति सवार थिए ।
दुर्घटनामा परेको स्कुल बस भएपनि बसमा भने जाँत हेर्न गएका स्थानीय वासिन्दा सवार थिए । दुर्घटनामा परि ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन  भने घाइतेहरूको उप क्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको र अवस्था गम्भीर भएकाहरूलाई थप उपचारका लागि अन्यत्र रिफरको तयारी भइरहेको जनाइएको छ ।
दुर्घटना स्थलबाट घाइतेको उद्दारका लागि जिल्ला प्रहरी कार्यलय डडेलधुरा र डोटी र डोटीस्थित ३६ नं. गणको सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको हो ।
राति परिसकेकाले उद्दारमा कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख एवं डीएसपी डम्वर केसीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट

कैलालीको चौमालामा पिकनिक जाँदै गरेको बस पल्टिदाँ १५ जना घाइते

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक कैलीलीको जानकी गाउँपालिका वडा नं.–९ मूर्तियाबाट खानीडाँडा वनभोजका लागि जाँदै गरेको बस सोमबार विहान