• शनिबार-११-४-२०७५/ 16-Saturday-2019
  • 12:45:01

खैरो हेरोइनसहित सेनाका एक जवान पक्राउ

नमस्ते सम्बाददता
टीकापुर, २७ माघ

प्रहरीले नेपाली सेनाका एक जवानसहित दुई जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
समाचार स्रोतका अनुसार नेपाली सेनाका जवान कैलालीको वर्दगोरिया गाउँपालिका वडा नं.–१ काम २४ वर्षीय एकेन्द्र शाहीसहित कैलालीकै घोडाघोडी नगरपालिका वडा नं.–६ का कृष्ण भण्डारी २३ ग्राम खैरो हेरोइनसहित काठमाडौंको सगरमाथा गेष्ट हाउसबाट पक्राउ परेका हुन् ।
खैरो हेरोइनसहित पक्राउ परेपछि शाहीले आफु सेनाको जवान भएको बयान दिएका थिए । शाही हाल नेपाली सेनाको ललितपुरस्थित एक ब्यारेकमा कार्यरत रहेको खुलेको छ ।
प्रहरीद्वारा पक्राउ परेका दुवैले विक्री गर्ने उद्देश्यले हेरोइन राखेको जानकारी भएपछि अपराध महाशाखाको टोली छापा मारेको हो । पक्राउ परेका दुवै जनालाई महाशाखाले थप कारबाहीका लागि काठमाडौँ परिसरमा बुझाएको छ ।

 

प्रतिकृया दिनुहोस

डोटीमा स्कुल बस दुर्घटनाः १६ को ज्यान गयो, ३५ बढी घाइते बसमा ६५ बढी सवार

कर्ण कुँवर टीकापुर, ६ मंसिर सुदूरपश्चिमको पहाडी जिल्ला डोटीको शिखर नगरपालिका वडा नं.–२ स्थित रडुवा खोलामा विहीवार साँझ स्कुल बस दुर्घटना हुँदा

सुदूरपश्चिमका विभिन्न जिल्लामा सडक दुर्घटनाः ४ जनाको ज्यान गयो, १९ घाइते

नमस्ते सम्बाददाता टीकापुर, १ मंसिर सुदूरपश्चिमका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परि ४ जनाको ज्यान जानुका साथै थप १९ जना घाइते

एम्बुलेन्सको ठक्करबाट कैलालीको मुडामा तीन जना घाइते

गोविन्द बीसी बौनियाँ कैलाली, २८ कार्तिक कैलालीको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं.–१ मुडाबजार नजिकै कट्टीपुरमा एम्बुलेन्सको ठक्करबाट