• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:38

फलाम तातेकै बेला हामीले घन हान्याैं, नत्र…

स्थापनाको ६९ वर्षपछि नेपाल कम्युनिष्ट पार्टीको एकता भएको छ । गत जेठ ३ गते तत्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकिकरण पछि इतिहासकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ , नेपाल कम्युनिष्ट पार्टी । बलियो सरकारको नेतृत्व गरिरहेको पार्टीले बैज्ञानिक समाजवाद स्थापना गर्न एक भएर लाग्ने उद्घोष गरेको छ । नवगठित नेपाल कम्युनिष्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक टेलिभिजनमा दिएको अन्तर्वार्ताको सारांश –

पार्टी एकतामा तदारुकता देखाउनुभयो । यो एक इल्युजन अर्थात् भ्रान्ती भएन र ?
पहिलो कुरा के स्पष्ट गर्न चाहन्छु भने , प्रकृतीका घटनाक्रम हुन् ,राजनीतिक घटनाक्रम हुन् या सामाजिक घटनाक्रम हुन् । निरन्तर परिवर्तनको प्रक्रियामा हुन्छन् । एकैनाश हुनै सक्दैनन् । विकास र परिवर्तनको प्रक्रिया सुधार र गुण दुबै रुपमा प्रकट हुन्छन् ।
नेकपा एमालेको जतिबेला जन्म हुँदै थियो । त्यतिबेला उसको राजनीतिक मान्यता र हामी माओवादीको जन्म हुँदाको स्थिति हेर्नुभयो भने एउटा एकदमै सशस्त्र क्रान्तिकारी पाटीको रुपमा थियो । तत्कालिन एमालेको न्वारनको बेलातिर उ एकदमै भयंकर क्रान्तीकारी थियो । हामीहरुको जहाँबाट सुरुवात भयो तत्कालिन माओवादी केन्द्रलाई सुधारवादी, संसोधनवादी र भ्रान्ती जस्ता थुप्रै आरोप प्रत्यारोपहरु लगाइयो । माओवादी केन्द्रका अग्रजहरुले एमालेलाई उग्रवादीवादी, निम्न पूँजीवादी, बुर्जुवा भनेर आरोप लगाइयो । यो क्रम १० बर्षसम्म चल्यो ।

फेरि अर्को दशक आयो । त्यो एकअर्काको रुपान्तरणको दशक थियो । तत्कालिन माले चाहि माओवादीको स्थानमा र माओवादी मालेको स्थानमा गएको जस्तो भएको थियो । २०३८ साल पछिको राजनीतिक घटनाक्रमलाई स्मरण गर्ने हो भने एकअर्कालाई लगाउने आरोप ठ्याक्कै उल्टो भएको थियो । माओवादीलाई उग्रवादी, बढ्ता क्रान्तिकारी भन्न थालियो । मालेलाई सुधारवादी र संसोधनबादी भन्न थालियो । यसले एकअर्कालाई रुपान्तरित गर्‍यो ।

अर्को दशक त्यसैको  उत्कर्ष (क्लाइमेक्स) को रुपमा देखापर्‍यो । कमरेड मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलिय जनवादको संसदीय संघर्षको संश्लेषण र मेरो नेतृत्वमा जनयुद्धको उत्कर्ष रह्यो । उत्कर्षको दशक रह्यो । शान्ती सम्झौतामा आइसकेपछि नयाँ संश्लेषणको सुरुवात भयो । यि सबैलाई हेर्दा कुनै अनौठो लाग्दैन । विकासको नियमअनुसार र परिवर्तनको प्रक्रिया मिलेर सम्भव भएको छ ।

२००६ सालमा कम्युनिष्ट पार्टी गठन भयो । त्यस पार्टीको उत्पत्तिलाई हेर्दा अस्त्र/ शस्त्र, मर्ने/मार्ने र युद्ध थियो जस्तो देखिदैन । परिकल्पनाकारले रक्तरञ्जित क्रान्तिलाई अवलम्बन गरेको पाइँदैन । २०७५ को कम्युनिष्ट पार्टीको रगत र बन्दुकको नाता कमन बनेको हो ?

त्यसरी मात्र हेर्न सकिदैंन । २००६ सालमा पार्टी गठन हुँदा क्रान्तीको कुरा गरिएको छ । बल प्रयोग गर्न सक्ने कुरा पनि गरिएको छ । हतियारै उठाउने कुरा गरिएको छैन । हतियारको कुरा गर्दा नेपालका कुनै पनि पार्टी अछुतो त छैन । २००७ साल वरिपरि फर्केर हेर्ने हो भने विश्वेश्वरप्रसाद कोइरालको नेतृत्वको नेपाली काँग्रेसले पनि मान्छे मर्ने/मार्ने गरेकै हुन् । आफूलाई सबैभन्दा लोकतान्त्रीक पार्टी भन्ने काँग्रेसले पनि हतियार उठाएकै हो । कम्युनिष्टको हिंसालाई गलत र नकारात्मक दर्शन राख्ने र व्याख्या गर्नेले पनि हतियार त उठाउने रैछन् । एउटा कालखण्डमा सबैले हतियार उठाएको पाइन्छ ।

हतियार उठाउने कुरा कम्युनिष्टको मात्र र कम्युनिष्टको पनि यो घटक र त्यो घटकको मात्र नभएर राजनीतिक परिघटना हो भन्न सकिन्छ । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वहरुका कारण भूमिका खेल्छन् । २००७ सालदेखि यहाँसम्म आइपुग्यो । सशस्त्र संघर्ष र शान्तीपूर्ण आन्दोलनबाट यस्तो परिस्थीतीमा आइपुगियो। अब शान्तिपूर्ण ढंगबाट राज्यले नै हस्तक्षेप गरेर नेपाललाई नयाँ गोरेटोमा हिँडाउने हो । समाजवाद र सामाजिक न्याय स्थापना गर्ने हो निजी क्षेत्र सहकारीको कुल योगफलबाट आर्थिक विकास गर्ने हो । कम्युनिष्ट र काँग्रेस मिलेर नै यो स्थापना गर्ने हो ।

नेपालमा बनेको कम्युनिष्ट पार्टी कस्तो हो ? चीन, पेरु, भेनेजुयला, क्युवामा अभ्यास भइरहेको जस्तो हो कि के हो ?
यसका दुइओटा पाटो छन् । कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन हो । यसको अन्तर्राष्ट्रिय आयाम छ । फेरि कम्युनिष्ट आन्दोलन निश्चित देशभिब जनताको भावना र चाहनालाई आत्मसात गर्दै अगाडि बढ्ने आन्दोलन हो । राटि्रय आयाम पनि छ । आन्दोलनको प्रभाव संसारभरका कम्युनिष्ट पार्टीभित्र धेरथोर परेको छ ।
अनि अर्को कुरा, माक्र्सले वैज्ञानिक समाजवाद आविष्कार गर्नुभयो । पछि द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादको संश्लेषण गर्नुभयो । माक्र्स कहिलेपनि लकिरको फकिर जस्तो आन्दोलनमा लाग्नुभएन । माक्र्सवादलाई विज्ञानको रुपमा स्थापित गर्न संघर्ष गर्नुभयो। आफ्नै जीवनकालमा सन् १८४८ को जर्मनी क्रान्ती/प्रतिक्रान्ती होस् । सन् १८७१ को फ्रान्सकाे पेरिस कम्युन आन्दोलन होस् । कम्युनिष्ट लिगमा राखेका शर्त होस् । अन्तर्राष्ट्रिय कम्युनिष्टको गठन हुँदा खेलेको भूमिका होस् । पछि विघटन गरेर अब पढाइलेखाइमा लाग्नुपर्ने कुरा होस् वा अन्तर्राष्ट्रिय परिवेश बदलिएको भन्दै आफ्ना नीति, योजना तथा कार्यक्रमको परिमार्जन गरेर सधै एकै ठाउँमा टाँसिएर माक्र्स र एंगेल्स कहिल्यै बसेका थिएनन् ।

कम्युनिज्मले जरो गाडेको देशमा शासन जोडिएको पाइन्छ । तपाईँहरुको एकिकरण शासन सँग जोडिएको छैन ?
पक्कै पनि जोडिएको छ । सत्ताबाहेक अरुसबै इल्युजन हुन् भन्नेबाट सुरु हुन्छ । सत्ता र शासनलाई ठिक ढंगले लैजाने कुरो प्राय सबै फिलोसोफी र पोलिटिकल स्ट्राटेजीसँग केन्द्रीत हुन्छन् । क्रान्ति सबै देशमा एकै किसिमको नहुन पनि सक्छ । लेनिनले क्रान्ति विभिन्न रुपले हुन्छ भनेका छन् । शान्तिपूर्ण पनि हुन सक्छ । क्रान्ति र समाजवादको एउटै मोडल हुँदैन ।

हाम्रो पार्टी एकिकरण माक्र्सवादी विश्व दृष्टिकोण अनुसार चलाउने र समाजवादको आधार तय गर्नेमा केन्दि्रत रहेको छ । अझै वैज्ञानिक समाजवादको यात्रा गर्ने तयारीमा छ । हामीले हिँड्ने बाटो पुरानो ढर्राको जस्ताको तस्तै होइन । आजको विश्व, राष्ट्रिय र क्षेत्रिय परिस्थिती र शक्ति सन्तुलनको स्थितीलाई विचार अगाडि बढ्ने कार्यदिशा रहेको छ । नेपालको सकारात्मक संभावनालाई आत्मसात गर्दै लामो यात्रामा हिड्ने हो । स्थिरता र समाजवाद स्थापना गर्ने हो । हामी कुनै पनि देशको मोडेल कपि गर्ने छैनौ ।

समाजवाद र क्लासिकल कम्युनिज्म मा फरक के छ ?
सेना समायोजन र हतियार व्यवस्थापन गर्दा केहि साथीले परम्परागत सोच राख्ने साथीहरुले अहिले यसरी जाने बेला भएको छैन भन्नेमा गम्भिर छलफल मतभेद सिर्जना भयो । यहि जगमा हाम्रो पार्टीमा वैमनस्यता र विभाजन सुरु भयो । विश्व परिस्थितीअनुसार नै जानुपर्छ भनेर हामी अघि बढ्यौं । मैले त्यतिबेलाको सरकालाई सेना समायोजन र हतियार व्यवस्थापन आजै गर्नुपर्छ । भोलि होइन । भनेर जोड गरेको थिएा । त्यो दिन भएन भने क्यान्टोनमेन्टमा हाम्रा साथीहरु मारिन सक्छन् र शान्तीप्रक्रिया भंग हुन्छ भन्ने कुरा मैले भैरहवाबाट काठमाण्डु आउँदा थाहा पाइसकेको थिएँ ।

अर्को पार्टी एकिकरणको कुरामा पनि धेरै मतभेद चलेको थियो । होला/नहोला, के हुन्छ होला ? भन्ने अस्तिसम्म संशय थियो । हामीले असोज १७ गते ६ बुादे सम्झौता गरेर एउटै घोषणापत्र बनाउाछौ । साझा उम्मेदवार दिन्छौँ र पार्टी एकता पनि गर्छौ भनेर घोषणा गरेका थियौा। यो घोषणा पनि पााच/सात दिन चाँडो या ढिलो गरेको भए चुनाव नै हुँदैनथ्यो । चुनाव हुन नदिने परिस्थिती बनिसकेको थियो ।

पार्टी एकिकरण पनि जेठ ३ गते नै गर्नुपर्छ भन्ने लागेर अब ढिलो गर्दा घटना दुर्घटना हुन सक्छ भन्ने लागेर गरेका थियौ । फलाम तातेको बेलामा हामीले हानेका थियौं । बढि तात्दा पग्लिन पनि सक्थ्यो । पार्टी एकिकरणको पनि सोचाईका श्रृंखलाहरु छन् । विश्व परिवेश अनुसार यान्त्रिक ढंगले होइन, मौलिक ढंगले विचारको विकास, राजनीतिको विकास र जनताको समृद्धिका लागि वैज्ञानिक समाजवाद स्थापनाका लागि एक भएका हौ भन्ने मेरो दावी छ ।

पार्टी एकताको दिन तपाइँको गला अवरुद्ध भएको थियो । किन ? कतै यत्तिका वर्ष पार्टीको एकल नेतृत्व गरेको मान्छे पछि पर्छु भन्ने त होइन ?
पछि पर्छु । दोस्रो हुन्छु भन्ने कारणले होइन । मैले सोचेसम्झेर निर्णयमा पुगेकाले मलाई त्यसको तनाव थिएन । फेरि म दोस्रो भएको पनि होइन । हामी को-चेयरको प्रणालीमा गएका छौं । म यथार्थमा राष्ट्रको एकता, कम्युनिष्टको एकता र समाजको एकतामार्फत् उद्धेश्यमुलक जीवनमा जाने मेरो प्रवृत्ति हो । म सानैदेखि कोमल, भाबुक र झगडा गर्ने होइन मिलाउने स्वभावको थिए ।

मैले २०४६ सालको जनआन्दोलनमा मदन भण्डारीलाई भेटेर पार्टी एकता गराउने तिव्र इच्छा थियो । त्यसताका धेरै पार्टी मिलाएर एमाले बनेको थियो । यता हामीले पनि धेरै मिलेर एकता केन्द्र बनेका थियौ । एमाले र एकता केन्द्र मिल्दा नेपालको कम्युनिष्ट आन्दोलन उचाइमा पुग्छ भन्ने लागेको थियो । उहाा त्यतिबेला ज्यादै क्रान्तिकारी हुनुहुन्थ्यो । हामी पनि क्रान्तिकै कुरा गरिराखेका थियौ । उतिबेला पार्टी एकता भएको भए उहाालाई हाम्रो पार्टीको लाइनअनुसार सशस्त्र क्रान्तिमै जानुपर्छ भनेर लविइङ गर्थे होला । मदन भण्डारीको स्पिरिट राष्ट्रियताको मुद्धामा अडिग, कम्युनिष्ट एकताको पक्षधरता र लोकतन्त्रको पक्षधरता ज्यादै नै राम्रो थियो। उहाँमा र ममा धेरै समानता थियो ।

एकिकरण हुनु पछाडि प्रचण्डमा रहेको भित्री त्रासलाई मत्थर पार्नुसँग कत्तिको सान्दर्भिकता छ ? केहि त्रास बाँकी छ ?
बिल्कुल छैन । सशस्त्र विद्रोहको कुनै त्रास बाँकी रहेको भए यो एकता सम्भव नै थिएन । यो एकताले त प्रचण्डभित्र कुनै पनि सन्त्रास छैन भन्ने कुराको दरिलो प्रमाण हो । त्रास हुन्थ्यो भने गएको स्थानीय चुनावमा त नेपाली काँग्रेससँग सहकार्य गरेको थिएँ । शान्ती सम्झौतापछि पनि मेरो बढि उठबस गिरिजाप्रसाद कोइरालासँग नै बढि भएको थियो ।
हाम्रो मेजरिटी हुँदा हामीलाई आरोप लगाइरहेका छन् । विभिन्न तह र तप्काका बुद्धिजिवीहरुले अधिनायकवाद आउँछ । अर्कै वर्गको जन्म हुन्छ भन्दै आएका छन् । तर राष्ट्रको हितको निम्ति हामीले एकता गरेका हौँ । ७० वर्षदेखि चल्दै आएको राजनीतिक अराजकताको भूमरीको अन्त्यका लागि कम्युनिष्ट एकता गरेका हौ ।

जनयुद्धले तपाइँलाई राजनीतिक उचाइ दियो । नेतृत्व दियो । जनयुद्धसँग जोडिएका अझ पनि टुंगो नलागेका कैयन मुद्धाहरुलाई पार लगाएर पार्टी एकिरण गर्दा हुदैनथ्याे ?
मैले यो भन्दा अगाडि गर्छु भनेर लागेको भए यहाँसम्म पनि आइपुग्दैनथ्यो होला । संसारभर कम्युनिष्ट आन्दोलनलाई हेर्ने हो भने रक्षात्मक अवस्थामा छ । तर, नेपालको आन्तरिक पोजिसन अफेन्सिभ छ। अफेन्सिभ छ भनेर हामीले सुझबुझ निर्णय गर्न सकेनौ भने जे पनि हुन सक्ने कुरा इतिहासले सिकाइसकेको छ । जनयुद्धलाई राजनीतिक परिवर्तनको कारण बनाएर नेतृत्व गर्‍यौँ। यो चिज सानो होइन । शान्तिपूर्ण प्रतिस्पर्धाबाट आफूले युद्धमा लाग्दा उठाएका मुद्धाहरुलाई राष्ट्रिय मुद्धाको रुपमा स्थापित गर्न सक्नु चानचुने कुरा होइन ।

प्रतिकृया दिनुहोस

दाताको एक थाल भात र एउटा झोलामा विक्ने सांसद होइनौँ हामी: झपट रावल साँसद कैलाली क्षेत्र नं.–२

अब संसद र अदालतमा एनजीओ र आइएनजीओलाई कार्यक्रम गर्न नदिने भनि सरकारले भनिरहेको छ । न्यायलय र सार्वभौम संसदमा एनजीओ–आईएनजीओको प्रभाव नहँदैन