• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:51:02

किन घुर्छ मान्छे ? के छन् यसका उपचारका विधि ??

आफ से आफ निस्कने एक प्रकारको आवाज, जो सुतेर निधाएको बेलामा स्वास लिँदा निस्कछ , त्यसलाई घुर्नु ( स्नोरिङ ) भनिन्छ ।

सामान्यतया निधाएको बेलामा घुर्र्नु कुनै रोगको परिभाषा भित्र पर्दैन ।किनकी यस्तो बेलामा घुर्ने मान्छेलाई न अप्ठेरो महसुस हुन्छ , न दुखाई महसुस हुन्छ , न खान नरुच्ने नै हुन्छ । उसले आफूबाट त्यसरी आवाज आएको छ भन्ने समेत पत्तो नै पाउदैन । यसले संगै सुत्ने वा नजिकै सुत्ने अर्को व्यक्तिलाई असर मात्रै पार्ने काम गर्छ ।

घुर्ने बारेमा पश्चिमा राष्ट्रमा रोचक तथ्य छ । ७०–८० को दशकमा बेलायतमा लोग्ने स्वास्नीबीच पारपाचुके निकै बढेर गयो । आफैले रोजेर प्रेम विवाह गर्ने संस्कृति बोकेको मुलुकमा यसरी एकाएक घरबार टुक्रिने कारण खोज्न राज्यले उच्चस्तरीय समिति बनायो त्यसबाट थाह भयो ७५ प्रतिशत पारपाचुके हुनुको कारण त्यहि घुराई नै रहेछ । कारण थाहापाएपछि बेलायतीहरुले घुर्नुलाई पनि स्वास्थ्य समस्याको रुपमा लिएर अनुसन्धान अघि बढाए ।

पछिल्लो समयमा बैज्ञानिकहरुले घुराई आफैमा रोग नभएपनि रोगको संकेत हो भनेर भनेका छन् । बढी घुर्ने व्यक्तिमा कुनै न कुनैको समस्या हुन्छ भनेर जान्दा हुन्छ भन्ने बैज्ञानिकहरुको तर्क छ । त्यसैले बढी घुर्ने व्यक्ति आफ्नो स्वास्थयमा बढी चनाखो हुनु जरुरी छ ।

घुर्नुको कारण के हो ?
हाम्रो शरीरको एउटा महत्वपूर्ण प्रणाली मध्येको हो पाचन प्रणाली । त्यसको लागि मुखबाट नै अंग जोडिएर पेट सम्म पुगेको हुन्छ । त्यस्तै अर्को महत्वपूर्ण प्रणाली स्वासप्रस्वास प्रणाली मानिन्छ । त्यसको अंग पनि नाकबाट जोडिएर पेट सम्म पुगेको हुन्छ । यी दुई छुट्टा छुट्टै प्रणाली भएपनि यसका अंगको कति पय भागले एउटै काम गरेको हुन्छ । त्यसलाई हामीले ‘एरो डाइजेस्टिक ट्रयाक’ भन्छौ ।

अझ सजिलोसंग बुझौ, हामी मुखले पनि स्वास लिन्छौँ , नाकले पनि स्वास लिन्छौँ । नाकबाट जाने स्वास नलि र मुखबाट जाने अन्ननलि रुद्रघण्टी मुनी पुगेपछि मात्रै आ – आफ्नो  प्रकृयाको लागि छुटिन्छ । त्यसभन्दा माथिको भागमा एकै रुपमा आउछ । त्यहि भागलाई हामी ‘एरो डाइजेष्टिक ट्रयाक’ भन्छौँ   । स्वासप्रस्वास प्रकृयामा जव त्यहि  (एरो डाईजेष्टिक ट्रयाक)भागमा अवरोध हुन्छ मान्छे घुर्न थाल्छ ।

मुखको ठयाक्कै पछाडी भएको जिव्रो भन्दा माथि र तालुभन्दा तलको घाटीको भाग( मुखे घाटी)भन्छौँ  । त्यस्तै त्यसभन्दा मुनी रुद्रघण्टी भन्दा पछाडीको अर्को भाग जसलाई नाकेघाटी भन्छौँ  । यी भागमा कुनै पनि कारणले समस्या आएमा मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्ति बढी घुर्छन ?
–नाकमा समस्या भएका व्यक्तिहरु ।
–तालुको समस्या भएका व्यक्तिहरु ।
–लिगलिगे ( मुखको भित्रि भागमा झुण्डीएको सानो मासुको भाग) मा समस्या भएका व्यक्तिहरु ।

अन्य कारणहरु :
–नाक भित्रको मासु सुन्निएको छ भने ।
–नाकको डाडी टेढो छ र स्वास फेर्न बाधा पुगेको छ भने ।
–नाकमा मासु पलाएको ( पालिक ) छ भने ।
–तालु( प्यालेट ) सुन्निएको छ भने ।
–लिगलिगे मोटो भएमा ।
–मुखे घाटीको भाग साघुरियो भने ।
–नाकेघाटीको भाग साघुरियो भने ।

घुर्नुको अरु कारण पनि हुन्छन कि ?

मानिसलाई घुर्ने बनाउने एक प्रकारको रोग पनि हुन्छ । त्यसलाई  हामीले ‘स्लिप अप्नीया सिन्ड्रम’ वा ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’ भनिन्छ । यो रोग लागेको व्यक्ति दिउसोमा पनि बढी निधाउने , बोल्दा बोल्दै छिटो निदाउने र घुरी हाल्ने गर्छ ।

कतिपय कार्यक्रमका बेला मञ्चमा अथिति बनेका व्यक्तिहरु घुरेर निदाएको देखिन्छ , यता कार्यक्रम चलिरहेको भएपनि उनिहरु निदाउछन त्यो आनन्दले निदाएको वा वेवास्ताले निदाएको होइन यहि ‘अक्सट्रप्टीभ अप्नीया सिन्ड्रम’को कारणले भएको हो । यस्ता व्यक्तिहरुलाई निदाए पनि झकझक्याउन पर्छ । नत्र कहिले काही अप्ठेरो पार्न सक्छ ।

समाधानको उपाय छैन त ?
यसको उपचार भनेको माथि उल्लेखीत समस्याहरुको सर्जरी वा अप्रेसन गर्नु हो । त्यसबाहेक भरपर्दो उपचार छैन । यद्धपी खानपीन, शारीरिक व्यायमले पनि कहिलेकाही नियन्त्रण गरेको पाइन्छ । किनभने बोसोले नलि साघुरयाउने काम गर्छ । त्यसैको अवरोधले मान्छे घुर्न थाल्छ ।

कस्ता व्यक्तिलाई हुन्छ यो समस्या ?
यस्तै व्यक्ति भन्ने हुदैन । किनकी सबैको अंग एकैनासको हुदैन तर प्राय लोग्ने मान्छेमा बढी देखिन्छ । मोटो व्यक्ति, शारीरिक व्यायम नगर्ने व्यक्ति, मांसहारी व्यक्ति, सूर्तिज्यन्य पदार्थ तथा मदिराजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा यो समस्या बढेको पाइन्छ ।

प्रतिकृया दिनुहोस

डिप्रेसनबारे जान्नै पर्ने कुरा महत्वपूर्ण कुरा

डा. सीपी सेडाईं डिप्रेसन रोग परापूर्व काल देखि देखिएको रोग हो । डिप्रेसन रोग धेरै मानिसमा पाउने रोग हो । बिश्व स्वस्थ्य संगठनले डिप्रेसन जिवनकालमा