• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:22:15

महाकाली नगरपालिकाको शिक्षा नियमावलीविरुद्ध सर्वोच्चमा मुद्दा

लोकेन्द्र प्रशाद जोशी
दार्चुला/दार्चुलाको महाकाली नगरपालिकाले नगरसभा मार्फत निमार्ण गरेर लागू भइरहेको शिक्षा नियमावली २०७५ विरुद्ध सर्वोच्च अदालतमा शुक्रबार मुद्धा दायर भएको छ । महेन्द्र नमुना मावि खलंगाका पूर्व अध्यक्ष एवं विगठित विद्यालय ब्यवस्थापन समितिका सदस्य गणेशकुमार जोशीले शुक्रबार दिउँसो २ः३० बजेको समयमा नगरसभाबाट पारित नियमावलीविरुद्ध मुद्धा दायर गरेका हुन् ।

महाकाली नगरपालिका, नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाएर मुद्धा दायर गरिएको जोशीले जानकारी दिए । उनका अनुसार मुद्धाको एक हप्ता पछि अर्थात् अगामी शुक्रबार सुनुवाइको समय तोकिएको छ ।

महाकाली नगरपालिकाको दोस्रो नगरसभा बैठकले गत महिना गरपालिकाको शिक्षा नियमावलि २०७५ पारीत गरेर राजपत्रमा प्रकाशन भइसकेको छ । नियमावलीमा ब्यवस्था गरेअनुसार नगरपालिकाभित्रका विद्यालयहरुमा जनप्रतिनिधि र राजनीतिक दलका नेतालाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष नियुक्त गरेर पठाएको छ ।

यसअघि गठित विद्यालय व्यवस्थापन समिति भंग गर्दै जनप्रतिनिधिलाई व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेर पठाएपछि निवेदन जोशी सहित वाम गठवन्धनका नेता र शिक्षक संगठनहरुले विरोध जनाउँदै आएका थिए । नगरपालिकाले अधिकार क्षेत्र बाहिर गएर आफु अनुकूल नियमावली बनाएर विद्यालय व्यवस्थापन समिति अध्यक्ष तोकेको भन्दै बिरोध भइरहेको हो ।

शिक्षा ऐन २०२९ र नियमावली २०५९ सक्रिय रहेको अवस्थामा नगरपालिकालाइ ऐन विपरीत नियमावली बनाउने अधिकार नभएको भन्दै नियमावली खारेजीको माग गर्दै मुद्धा दायर गरिएको जोशीको भनाइ छ ।

नगरपालीकाले निमार्ण गरेको नियमावलीको २६ को (क) मा नगरपालिकाको सम्बन्धित वडाको अध्यक्ष सदस्य, शिक्षाप्रेमी, समाजसेवी मध्येबाट नगर प्रमुखले तोकेको व्यक्ति व्यवस्थापन समिति अध्यक्ष रहने प्रावधान राखेर सोहि अनुसार ब्यबस्थापन समिति गठन गरेको छ ।

महाकाली नगरप्रमुख हंशराज भट्टले भने स्थानीय सरकार शासन सञ्चालन ऐन र प्रशासकीय कार्यविधि नियमित गर्ने ऐनले दिएको अधिकारअनुसार नगरसभाले शिक्षा नियमावली निमार्ण गरेको बताएका छन् । माध्यमिक तहसम्मको शिक्षा हेर्ने अधिकार स्थानिय तहले प्राप्त गरे अनुरुप नियमावलि निमार्ण गरेर कार्यान्वयनमा लगिएको भन्दै शिक्षामा राजनीति गर्न नखोजिएको उनको दाबी छ । उनले नगरपालिकाले शिक्षामा सुधार गर्दै शैक्षिक नगरी बनाउने उदेश्य बोकेको भन्दै नियमावलीमा कुनै स्वास्र्थ नरहेको जिकिर गरे ।

प्रतिकृया दिनुहोस

राहत शिक्षक पनि आन्दोलनमाः भदौ २६ देखि २८ सम्म आम शैक्षिक हड्ताल

नमस्ते सम्बाददाता टीकापुर, १८ भदौ     संघीय संसदमा पेश गरिएको संघीय शिक्षा विधेयक–२०७५ को मस्यौदामा झण्डै डेढ दशकदेखि कार्यरत राहत

नेपाली विद्यार्थीको रोजाईमा परेका यी हुन् १० उत्कृष्ट मुलुक

सुर्यप्रसाद पाण्डे काठमाडौं  वैदेशिक शिक्षाको लागि स्वदेश छोड्नेहरूको लर्को बढेसँगै पढाइका लागि नयाँ नयाँ गन्तव्यको खोजी पनि भइरहेको छ। पढाइ र

स्थगित शिक्षक परीक्षाको मिति तत्काल तय गर्न माग गर्दै शिक्षक महासंघ आन्दोलित

काठमाडौं । अस्थायी शिक्षकहरुको स्थगित परीक्षाको मिति तत्काल तय गर्नुपर्नेलगायतका समसामयिक माग राख्दै शिक्षक महासंघ आन्दोलित भएको छ । महासंघको