• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:47:28

माधुरीको आग्रहपछि ‘सञ्जू’बाट हटाइयो यो सिन


एजेन्सी,
मुम्बई,

सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ बाट उनको कयौं राज खुल्दैछ । उनको कोर्ट केस, ड्रग्सको लतदेखि अफेयर्ससम्म सबै फिल्ममा देखाइएको छ ।

९० को दशकमा सञ्जय दत्त र माधुरी दीक्षितको अफेयर निकै चर्चामा थियो । खबरअनुसार, माधुरीले निर्देशक राजकुमार हिरानीलाई भनेर फिल्मबाट एक सिन हटाउन लगाएकी छन् ।
 
एक रिपोर्टका अनुसार, फिल्ममा एक सिन थियो, जसमा सञ्जय अरेस्ट भएपछि एक एक्ट्रेसलाई फोन गर्दछन् तर कल एक्ट्रेसकी आमाले उठाउँछिन् । उनी भन्छिन् कि एक्ट्रेस अब उनीसँग कुनै सम्बन्ध राख्न चाहँदिनन् । उक्त एक्ट्रेस अरु कोही नभएर माधुरी हुन् ।  
 
सञ्जय जब १९९३ मा गिरफ्तार भएका थिए, तब पुलिस अफिसरले उनलाई कल गर्नका लागि अनुमती दिएका थिए । सञ्जयले उक्त कल माधुरीलाई गरेका थिए तर त्यसबेला माधुरीले उनीसँग सम्बन्ध तोडिसकेकी थिइन् ।    
 
फिल्ममा यो सिन तबसम्म थियो, जबसम्म माधुरीलाई यस विषयमा जानकारी थिएन । तर, जब उनलाई थाहा भयो तब उनले राजकुमार हिरानी र सञ्जय दत्तलाई कल गरेर उक्त सिन हटाउन आग्रह गरेकी थिइन् । हिरानीले फिल्मको फाइनल कटमा यो सिन हटाएका छन् ।
 
फिल्ममा माधुरीको भूमिकामा करिश्मा तन्ना देखिँदैछिन् । रणवीर कपूरसँगै यस फिल्ममा सोनम कपूर, अनुष्का शर्मा, दिया मिर्जा, परेश रावल, विक्की कौशल, जिम सरभ पनि लिड रोलमा छन् । ‘सञ्जू’ २९ जूनमा रिलिज हुँदैछ ।

प्रतिकृया दिनुहोस

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना