• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:58:14

‘छक्का पञ्जा ३’ बाट पुष्पले झिके हात, भित्रिए संजोग

काठमाण्डौ,
साइन गरिसकेको फिल्म छाड्ने नेपाली कलाकारहरुको पुरानै बानी हो । यो भीडमा अभिनेता पुष्प खड्काले पनि आफूलाई उभ्याएका छन् । हाल छायांकन भइरहेको बिग ब्यानरमा निर्मित फिल्म ‘छक्का पञ्जा ३’ बाट उनले हात झिकेका छन् । 
 
मुहूर्तको अघिल्लो दिनमात्र यो फिल्ममा उनको प्रवेश भएको थियो । फिल्मीखबरसँगको एक भेटमा पुष्पले आफ्नो भूमिका धेरै लामो नभएपनि सम्झनलायक रहेको बताएका थिए । बुझिएअनुसार, उनले आफ्नो भागको स्क्रिप्ट प्राप्त नगरेपछि फिल्म छाडेका हुन् । 
 
भूमिका राम्रोसँग नबुझाइएको, स्क्रिप्ट नदिएको र १० सिन भनिएको ठाउँमा अन्तिममा आएर ५ सिन मात्र रहेको जानकारी पाएपछि फिल्म छाडेको विभिन्न सञ्चारमाध्यमसँगको कुराकानीको क्रममा उनले बताएका छन् । 
उता ‘छक्का पञ्जा ३’ का निर्माता तथा कलाकार दीपकराज गिरीले पुष्पले फिल्मबाट हात झिकेको खबर सत्य रहेको बताए । उनी भन्छिन्, 'उहाँलाई हामीले गेस्ट रोलका लागि भनेर अनुबन्ध गरेका थियौँ । उहाँको ५/७ सिन मात्र थियो । उहाँले आफ्नो पारिश्रमिक पनि बुझिसक्नुभएको छ ।' 
 
स्क्रिप्ट नपाएपछि फिल्म छाड्नुभएको भन्ने कुरा छ नी ? फिल्मीखबरको प्रश्नमा निर्माता गिरी भन्छन्, 'तपाईको रोल यस्तो-यस्तो हुन्छ भनेर हामीले उहाँलाई अनुबन्ध गर्दा खेरि नै बताएका थियौँ । हामी गेस्ट एक्टरलाई पूरा स्क्रिप्ट दिँदैनौ ।' उनले पुष्पको ठाउँमा अभिनेता संजोग कोइरालालाई भित्राएको जानकारी दिए । 
 
दीपाश्री निरौलाले निर्देशन गरिरहेको यो फिल्ममा दीपकराजसँगै दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । 

प्रतिकृया दिनुहोस

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना