• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:10:39

‘चीँ मुसी चीँ’ को गीत रिलिज

काठमाडाैं‌ :

नेपाली चलचित्र ‘चीँ मुसी चीँ’ को पहिलो गीत रिलिज गरिएको छ। कलाकार र निर्माण टिमको उपस्थितिमा ‘तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो। सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईंको स्वर सुन्न सकिन्छ। गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनील क्षेत्री र अलिशा शर्मा फिचरिङ छन्। यी दुईको यो डेब्यु फिल्म हो। गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन्।

म्युजिकल थ्रीलर जनरमा निर्मित चलचित्रको निर्देशक दिनेश श्रेष्ठले गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता शिवराज कार्की छन्। डीआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल सुनिलले ‘चीँ मुसी चीँ’ को कथाले आफूलाई आकर्षित गरेको बताए। चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका निर्वाह गर्न पाएको बताइन्।

शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवालगायतका कलाकारको अभिनय रहेको फिल्ममा सुनील क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन्।

 

प्रतिकृया दिनुहोस

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना