• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:44:17

बढ्यो हवाई भाडा: कहाँ कति ? (सूचीसहित)

काठमाडौं २० जेठ

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा प्रदायकले भाडा वृद्धि गरेका हुन्। 

वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै हवाई भाडा समायोजन गरेको हो। आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको थियो। संघले भाडा वृद्धिलाई फ्यूल चार्ज शुल्क वृद्धि भनेको छ। 

संघले माउन्टेन फ्लाइटको १७०, काठमाडौं-पोखरा ८०, भैरहवा १००, विराटनगर १२०, धनगढी २२०, भद्रपुर १५०, नेपालगञ्ज १६५, भरतपुर ५५, सिमरा ४५, जनकपुर ६५, सुर्खेत १७५, तुम्लिङटार ९५ बढेको छ। 

संघले हवाई भाडा वृद्धिसँगै माउन्टेन फ्लाइट ११ हजार चार सय ७०, पोखरा पाँच हजार ३०, भैरहवा ६ हजार तीन सय, विराटनगर सात हजार ५७०, धनगढी १२ हजार ८७०, भद्रपुर नौ हजार १५०, नेपालगञ्ज १० हजार १५, चितवन तीन हजार ६ सय ५५, सिमरा ३१ सय ७०, जनकपुर ४२ सय ६५, सुर्खेत, आठ हजार ६ सय ७५, तुम्लिङटार ६ हजार ४५ लाग्ने छ। 
बढेको भाडा जेठ २२ देखि लागु हुनेछ।

प्रतिकृया दिनुहोस

‘कम्युनिष्ट रवैया जारी रहे सेयर लगानीकर्ता भाग्छन्’

सम्बाददाता काठमाडौं, २४ जेठ कम्युनिष्ट सरकार पूँजी बजारप्रति नकारात्मक हुँदा सेयर बजारमा असर परेको नेपाल लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले

पर्यटनमा साझेदारी बढाउँदै फेवा–रारा

रासस रारा, मुगु, पर्यटकीय नगरी पोखराको फेवातालसँग नेपालको सबैभन्दा ठूलो एवम् सुन्दर ताल राराबीच वातावरण एवम् पर्यटन सम्बद्ध विभिन्न संघसंस्थाले

मन्त्री गरिब, श्रीमती करोडपतिः  कसको नाममा कति सम्पत्ति ?

सुरेन्द्र काफ्ले काठमाडौँ नेपाल सरकारका अधिकांश मन्त्रीले सम्पत्ति श्रीमतीको नाम राखेका भेटिएको छ । केपी ओली नेतृत्वको सरकारमा मन्त्रीहरुले