• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:25:09

म्याच फिक्सिङ प्रकरणः फुटबलर सागर थापासहित ६ जनालाई सफाइ

सम्बाददाता
काठमाडौं, २४ जेठ

बहुचर्चित म्याच फिक्सिङ प्रकरणमा मुछिएका ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ। विशेष अदालतले बिहीबार म्याच फिक्सिङमा संलग्न भएको आरोप लागेका खेलाडीलाई राष्ट्रिय विप्लवको कसुर नदेखिएको भन्दै सफाइ दिएको हो।

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चले म्याच मिक्सिङमा मुछिएका खेलाडीलाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता नरेन्द्रकेशसरी पोखरेलले जानकारी दिए। बाबुराम रेग्मी अध्यक्ष रहेको बेन्चमा प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेल सदस्य थिए।