• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:15

नरेश भाटको अध्यक्षतामा पोल्याण्डको कुट्नोमा नेपाली समाज गठन

सम्बाददाता
टीकापुर, २७ जेठ

वैदेशिक रोजगारका सिलसिलामा पोल्याण्डको कुट्नो शहरमा रहेका नेपालीहरूको आइतबार सम्पन्न भेलाले कैलालीका नरेश भाटको अध्यक्षमा नेपाल सेवा समाज गठन गरेको छ ।
कैलालीको जानकी गाउँपालिका वडा नं.–९ खैरीफाँटाका नरेश भाट तीन महिना अघि मात्र पोल्याण्ड गएका हुन् ।
आइतबार सम्पत्रले नेपाल सेवा समाजको अध्यक्षमा नरेश भाट कैलाली, उपाध्यक्षमा जीवन गुरूङ्ग चितवन, सचिवमा कमल खम्चा मगर धनुषा, सह–सचिवमा मदन बस्याल रूपन्देही र कोषाध्यक्षमा निरन राई भोजपुरलाई भेलाले सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै सदस्यहरूमा खेम थापा कैलाली, सुरेश गुरूङ्ग चितवन, रोशन मगर काठमाडौं, शिवम् थापा पाल्पा, ऋतेश पुन रूपन्देही र सुवास खनाल रूपन्देही, रहेका छन् ।
आइतबार सम्पन्न भेलाले नै समाजको सल्लाहकारमा सागर पुन रूपन्देही संयोजक र सदस्यमा सुवास सिलवाल सिन्धुपाल्चोक र कोष शाही मगर पाल्पा रहेका छन् ।
    अध्यक्ष भाटले रेडियो नमस्तेसँग भने–अहिले हामी कुट्नो शहरको सानो वस्तीमा मात्रै सङ्गठित भएका छौं छिट्टै शहरका अन्य भागमा रहेको नेपालीहरू सँग सम्पर्क बढाएर अघि बढ्ने योजनामा छौं ।’

प्रतिकृया दिनुहोस

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा काठमाडौं, १४ असोज एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक