• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 01:03:45

ट्रम्प र किमबीच चार बुँदे सहमतिपत्रमा हस्ताक्षर

बीबीसी
सिंगापुर २९ जेठ

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच चार बुँदे सहमतिपत्रमा हप्ताक्षर भएको छ। सिंगापुरमा भएको शिखर वार्तापछि भएको उक्त सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको वाचा गरेको छ। ‌सुरक्षा ग्यारेन्टीको बदलामा पूर्ण परमाणु निशस्त्रीकरणका लागि प्रतिबद्ध तुल्याउने सहमतिमा दुबै नेताबीच सहमति भएको छ । 

सहमतिपत्रका मुख्य चार बुँदा 

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुबै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन्।

२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन्।

३. सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ।

४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँदछन्।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसंगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताए। 

प्रतिकृया दिनुहोस

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्ता रद्द

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरेका छन्। किमलाई बिहीबार एक पत्र पठाउँदै

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको वार्ता रद्द

वासिङटन : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको शिखर वार्ता स्थगित गरेका छन्। किमलाई बिहीबार एक पत्र पठाउँदै

२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

युट्रेक्ट: युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार