• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:56:47

काँग्रेस जिल्ला सभापतिको मागः केन्द्रीय सभापतिदेखि सबै तलबाटै चुनिनुपर्छ

बालकृष्ण अधिकारी
काठमाडौं १, असार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी सभापतिदेखि केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानकोे व्यवस्था संशोधनका लागि लबिङ शुरू गरेका छन् ।
उनीहरू केन्द्रीय सदस्यदेखि सबै नेता तल्लो तहबाटै निर्वाचित हुँदै नेतृत्वमा पुग्नेगरी विधानमा रहेको पदेन व्यवस्था संशोधनका लागि जिल्ला सभापतिको भेलामा प्रस्ताव लैजाने तयारीमा जुटेका हुन् ।
यही असार ५ देखि ७ गतेसम्म हेटौंडामा हुने काँग्रेस जिल्ला सभापतिहरूको भेलामा केन्द्रीय सभापति, उपसभापति, महामन्त्रीका साथै सदस्यहरू तल्लो तहबाटै निर्वाचित हुँदै महाधिवेशनमा सहभागी हुनेगरी विधान संशोधनको प्रस्ताव राख्ने भएका छन् ।
विद्यमान विधानमा रहेको पदेन व्यवस्थाले नेतृत्वलाई खुशी बनाएर पार्टी केन्द्रीय समितिमा पुग्ने र निरन्तर त्यसकै बलमा पार्टीभित्र शासन चलाउने प्रवृत्ति हाबी भएको उनीहरूको निष्कर्ष छ ।
नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले पार्टी संगठनलाई बलियो बनाउन विधानमा रहेको पदने व्यवस्था हटाउनुपर्ने तर्क गरेका छन् ।
‘पार्टी संगठनलाई बलियो बनाउन सबै नेताहरू तल्लो तहसम्म पुग्नुपर्छ ।
महाधिवेशनमा चुनिएर आउनुपर्छ,’ मोरङ सभापति लिम्बुले भने,–‘केन्द्रको मात्र होइन पदेन महाधिवेशन र अधिवेशन प्रतिनिधि हुने सबै व्यवस्था हटाउनुपर्छ । तल्लो तहबाटै सबै तहका नेताहरू निर्वाचित हुँदै आउनुपर्छ ।’
विधानको यस्तो व्यवस्थालाई हटाउन जिल्ला सभापतिहरूले विगतदेखि नै लबिङ गर्दै आए पनि सफल हुनसकेका छैनन् ।
काँग्रेस विधानको धारा १५(२) ख मा केन्द्रीय सभापतिदेखि पदाधिकारी र केन्द्रीय सदस्यहरू एक कार्यकालका लागि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । धारा ८ र १० को उपधारा १ र १ मा क्रमशः क्षेत्रीय र जिल्ला अधिवेशनमा कार्य समिति सदस्य, समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार स्वतः प्रतिनिधि हुने व्यवस्था छ ।

डडेलधुरा काँग्रेस सभापति कर्ण मल्ल साधारण र क्रियाशील गरी दुई प्रकारको सदस्यता हटाएर एउटै बनाउनुपर्ने पक्षमा छन् । ‘कुनै व्यक्ति काँग्रेसको सदस्यता लिनबाट वञ्चित हुन्छ भने पार्टीमा कसरी सक्रिय होला ? त्यसैले सबैका लागि सधैं खुला गर्नुपर्छ,’ मल्लले भने,–‘त्यसपछि पार्टीको नीति, सिद्धान्त अनुसार चल्यो वा चलेन भनेर मूल्याङ्कन र नियन्त्रण गर्ने प्रणाली बसाल्नुपर्छ ।’

संवैधानिक व्यवस्था अनुसार पार्टी संगठनलाई ढाल्नुपर्ने बताउँदै अहिलेको स्वरूप र ढाँचाले कम्युनिष्टसँगको प्रतिस्पर्धा सम्भव नहुने निष्कर्ष निकालेका छन् । नयाँ व्यवस्था अनुसार पार्टीका संरचनालाई तत्काल बदल्नु पर्ने बताउँदै जिल्ला सभापतिले क्रियाशील सदस्यता वितरणको अहिलेको पद्दति परिर्माजन गर्नुपर्नेमा जोड दिएका छन् ।
डडेलधुरा काँग्रेस सभापति कर्ण मल्ल साधारण र क्रियाशील गरी दुई प्रकारको सदस्यता हटाएर एउटै बनाउनुपर्ने पक्षमा छन् । ‘कुनै व्यक्ति काँग्रेसको सदस्यता लिनबाट वञ्चित हुन्छ भने पार्टीमा कसरी सक्रिय होला ? त्यसैले सबैका लागि सधैं खुला गर्नुपर्छ,’ मल्लले भने,–‘त्यसपछि पार्टीको नीति, सिद्धान्त अनुसार चल्यो वा चलेन भनेर मूल्याङ्कन र नियन्त्रण गर्ने प्रणाली बसाल्नुपर्छ ।’
कास्की सभापति कृष्ण केसीले पार्टीलाई फास्ट ट्रायकबाट हिँडाउन खोज्दा क्रियाशील सदस्यता वितरणमा समस्या देखिएको बताउँदै त्यसलाई सुधार गर्नुपर्ने औंल्याए । ‘क्रियाशील लिएकै दिन महाधिवेशन प्रतिनिधि उठ्न पाउने सहितको कही व्यवस्था मिलाउनुपर्छ,’ उनले भने ।
क्रियाशील सदस्यताको संख्यालाई आधार मानेर महाधिवेशन वा अधिवेशन प्रतिनिधि आउने व्यवस्था गर्नुपर्ने सुनाउँदै उनले भने,–‘सदस्यता संख्या बढायो प्रतिनिधि कम हुँदा समस्या देखिएको छ । त्यसलाई सम्बोधन गर्नुपर्छ ।’
महाधिवेशनको मुखमा पार्टी नेताहरूले क्रियाशील सदस्यता वितरण गर्ने र उनीहरूबाट चुनिएर आएकाबाट केन्द्रीय नेतृत्वमा पुग्ने काँग्रेस विधानको व्यवस्था छ ।
पार्टी लामो समय अध्यक्षात्मक प्रणालीबाट चल्दै आएको बताउँदै उनले भने,–‘तर, बहुमत सदस्य निर्वाचनबाट चुनिएर आउँदा संगठन सञ्चालनमा समस्या देखिएको छ । त्यसतर्फ पनि सोंच्नुपर्ने बेला आएको छ ।’
अन्तरिम संविधानको व्यवस्थाअनुसार रहेका क्षेत्रीय, स्थानीय संगठनलाई विधान संशोधनमार्फत परिवर्तन गर्नुपर्नेमा सभापतिहरूको जोड छ । नयाँ संविधानको व्यवस्थाअनुसार १ शय ६५ निर्वाचन क्षेत्र र ७ शय ५३ नगर तथा गाउँपालिका रहे पनि काँग्रेसको सांगठनिक संरचना पुरानै छ । २ शय ४० क्षेत्रीय समिति रहेका छन् भने तल्लो तह पनि पुरानै अनुसार छ ।
‘जिल्ला, क्षेत्र, गाउँपालिका र वडालाई नयाँ ढाँचामा लैजाने गरी विधान संशोधन आवश्यक छ,’ नुवाकोट सभापति जगदीश्वर नरसिंह केसीले भने, ‘पार्टीमा युवाको आकर्षण बढाउने गरी नयाँ ढाँचा बनाउनुपर्छ ।’
मुलुक संघीय संरचनामा गए पनि पार्टी संगठनलाई त्यसअनुसार अझै नढालेको काँग्रेसभित्र प्रदेश समिति गठनका लागि पनि जिल्ला सभापतिहरूले नेतृत्वलाई दबाब दिने छन् ।
विधानको व्यवस्थाअनुसार बाँकी समयका लागि तर्दथ समिति गठन गर्ने कि निर्वाचन गर्ने भन्नेमा नेताहरू विभाजित छन् । तर जिल्ला सभापतिहरू भने बाँकी अवधि वा पूरा कार्यकालका लागि निर्वाचन गर्नुपर्ने पक्षमा छन् ।
‘तर्दथवादले पार्टीलाई नयाँ उर्जा दिनसक्दैन,’ डडेलधुरा सभापति मल्लले भने,–‘सातवटै प्रदेश र अन्य तहमा अधिवेशनबाट नेतृत्व चयन गर्नुपर्छ । पाँच वर्षपछि हुने चुनावको तयारीमा पार्टी जुट्नुपर्छ ।’
जिल्ला सभापतिहरूको भेलामा लैजाने प्रस्तावका लागि प्रदेशस्तरमा र गुटगत आधारमा छलफलमा जुटेका उनीहरू सामुहिक र गुटगत आधारमा विधान संशोधनको प्रस्ताव भेलामा लैजाने तयारीमा छन् । तर, पार्टीका शीर्ष नेता नै विभाजित हुँदा भेला शुरू हुन एक साताभन्दा कम समय बाँकी रहँदासमेत विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन ।
गत वैशाख १६ गते सम्पन्न पार्टी केन्द्रीय समिति बैठकले विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय लिगेको थियो । तर, समितिमा राख्ने सदस्यको विषयमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच सहमति जुट्न नसक्दा गठन हुन सकेको छैन ।
आन्तरिक विवादमै रुमलिएका शीर्ष नेताहरू एकअर्काप्रति आरोप प्रत्यारोप मा समय बिताइरहेका छन् । दुई पार्टीलाई एकता गरेर गठन भएको कम्युनिस्ट पार्टीसँग कसरी प्रतिस्पर्धा गर्ने भन्दा एकअर्कालाई कमजोर बनाएर १४ औं महाधिवेशनबाट पार्टी नेतृत्व हत्याउने धुनमा रहेका उनीहरूले सार्वजनिक रुपमै एकअर्काको आलोचनामा रहेका छन् ।
पार्टीको शुभेच्छुक संगठन नेपाल ट्रेड युनियन काँग्रेसको छैटौं महाधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल मात्र होइन अन्य नेता पनि एकअर्का विरुद्ध गालीगलौज गर्न सक्रिय थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनम पराजयको जिम्मेवारी कसले लिने भन्ने विषयमा दुई कित्तामा विभाजित काँग्रेस नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता भने औंल्याएका छन् । तर, एकअर्काको कमजोरी औंल्याउने र आफ्नो अडानबाट पछि नहट्ने संकेत गर्दै पार्टी सभापति देउवाले आपूmविरुद्ध बोलेर पार्टी बलियो नहुने बताए । कम्युनिस्ट नेतृत्व सरकारविरुद्ध लड्नुको साटो शेरबहादुरलाई गाली गर्न नेताहरू लागिपरेको बताउँदै देउवाले भने, ‘कम्युनिस्टविरुद्ध पो बोल्न पाइँदैन, सकिँंदैन ।

 

प्रतिकृया दिनुहोस

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा काठमाडौं, १४ असोज एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक