• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:27:34

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन
भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ ।
आइतवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता दीपक ढकाल र सनम मल्ल बीचको प्रेम, रोमान्स, द्वन्द्व, विछोड देखाइएको छ ।
‘मलाई नाईँ नाईँ’ बोलको सार्वजनिक गीतले यो कपलको प्रेमभाव बोल्छ । भिडियोमा दुवै रोमान्टिक मूडमा प्रस्तुत छन् । पुस्कर सुनुवारको स्वर र संगीत रहेको उक्त गीतको कोरियोग्राफी मदन खड्काले गरेका हुन् ।
बिमला मल्ल र संजीव मल्लले निर्माण गरेको फिल्मलाई गिरिश रिजालले निर्देशन गरेका हुन् । फिल्ममा सरोज खनाल, सनम मल्ल, दीपक ढकाल,सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल,टंक डुम्रे,गुरु भुटिया, बिजय तिखातारिलगायतका कलाकारले अभिनय गरेका छन् ।

निर्मात्री बिमलाले निकै मिहिनेतका साथ राम्रो फिल्म बनाएकाले सफल हुनेमा आफूहरु बिश्वस्त रहेको बताइन् । फिल्मकी स्क्रिप्ट राईटर र गीतकार समेत रहेकी नव(अभिनेत्री सनमले ‘रेनी’ मा मायाप्रेम, हाँसो, रोदन, द्वन्द्वका साथमा सामाजिक बिषयलाई प्रस्तुत गरिएको जानकारी दिइन् ।
अभिनेता दीपकले रेनीको स्क्रिप्ट निकै मन परेको बताउँदै आमदर्शकले फिल्म सफल गराइदिने बिश्वास ब्यस्त गरे । निर्देशक गिरिशले ‘रेनी’ आफ्ना लागि बिशेष भएको बताउदै दर्शकले पनि मन पराउने दावी गरे ।

शाही मल्ल फिल्मस्को ब्यानरमा निर्मित फिल्मलाई गोबिन्द शाहीले बितरण गर्दैछन् । जयराम रिजालले खिचेको फिल्मका गीतमा बिनोद खुम्बुको पनि संगीत छ । फिल्मको द्वन्द्व राजु किराँतीले निर्देशन गरेका हुन् ।

प्रतिकृया दिनुहोस

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्

बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य