• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 11:43:42

‘कायरा’ गीत रिलिजः रंग खोज्दै आर्यन

टीकापुर, २२ साउन
प्रदर्शनको चौँथो दिन अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को तेस्रो गीत सार्वजनिक भएको छ । बक्सअफिसमा सुखद कलेक्सन गरिरहेको फिल्मको ुरंग छ कहाँ रु।।।ु बोलको गीतमा केतन क्षेत्रीको स्वर छ ।
 
अभिनेता आर्यन आफैंले लेखेको गीतमा कोशिश क्षेत्रीले संगीत भरेका छन् । गीतको भिडियोमा अभिनेता आर्यन ब्यान्डसहित प्रस्तुत छन् । गीतले पनि उनी फिल्ममा संगीतप्रेमी युवकको भूमिकामा रहेको सस्पेन्स खोल्छ ।
 
उनको घाँटीमा गितारको आटिफिसियल ट्याटु देख्न सकिन्छ । आर्यनले आफ्नो जन्मदिनको अवसरमा फिल्मको गीत इन्टरनेट रिलिज गरेका हुन् । फिल्म हेर्ने सोचमा रहेका दर्शकलाई यो गीतले थप कौतुहलता सृजना गर्ने उनको विश्वास छ ।
 
प्रदर्शनको दुई दिनमा करोड विजनेश गरेको यस फिल्मलाई दिनहुँ परिरहेको पानीले व्यापारमा असर गरेपनि दर्शकको संख्यामा वृद्धि भइरहेको वितरकको भनाई छ । फिल्मलाई राम्रो र नराम्रो कमेन्ट दुबै बराबरी छ । विशेषतः आर्यन र साम्राज्ञीका ुडाईहार्ट फ्यानु ले फिल्म इन्जोय गरेका छन् ।
 
यस फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । आर्यनको होम प्रोडक्सनमा निर्मित उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरु पनि अभिनय छ ।

प्रतिकृया दिनुहोस

एकसाथ आयो ‘रेनी’ को ट्रेलर र गीत

टीकापुर, २२ साउन भाद्र ८ गते फिल्म ‘नाईँ नभन्नू ल ५’ सँग एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘रेनी’ को ट्रेलर र गीत सार्वजनिक भएको छ । आइतवार

खुमन अधिकारी र कोपिला छिनालको ‘मायाको अभाव’, हेर्नुहोस भिडियो

काठमाडौं, २० जेठ गायक खुमन अधिकारी र गायिका कोपिला छिनालको आवाजमा रहेको मौलिक लोकदोहोरी गीत ‘मायाको अभाव’ सार्बजनिक भएको छ। सर्वोकृष्ट सिर्जना

साहरुखको ‘स्यालुट’मा करिना फाइनल, दीपिका बाहिरिइन्

बलिउडका सुपरस्टार नायक साहरुख खान अहिले चलचित्र ‘जीरो’को छायांकनमा व्यस्त छ । यो चलचित्रको छायांकन अहिले अमेरिकामा भैरहेको छ । २५ करोडको भव्य