• सोमबार-८-२४-२०७५/ 10-Monday-2018
  • 12:51:00

काँग्रेसको दावीः ओली सरकार ६ महिनामा ७ मुद्दामा चुक्यो

नमस्ते सम्बाददाता
टीकापुर, ३ भदौ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान केपी ओली नेतृत्वको सरकार ६ महिनामा ७ मुद्दामा चुकेको टिप्पणी गरेको छ ।
उक्त टिप्पणी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकार राष्ट्रियता, संघीयता, सुशासन, समृद्धिको यात्रालगायत मुद्दामा चुकेको समीक्षात्मक टिप्पणी सार्वजनिक गरेका हुन् ।
गतवर्ष फागुन ३ गते गठित वर्तमान सरकारले भदौ ३ आइतबार ६ महिना पूरा गरेको हो ।
कहाँ कहाँ चुक्यो वली सरकार ?
१. राष्ट्रियताः
उग्र राष्ट्रवादको कारूणिक विसर्जन । निर्वाचनको मैदानमा मत माग्दै गर्दा उग्र राष्ट्रवादको लहरले ठूलो प्रभाव पारेको थियो । तर सरकार गठनको केही महिना नपुग्दै त्यसको सम्पूर्ण रंग बदलिन पुग्यो । खासगरी सरकारको नेतृत्व राष्ट्रवादको मुद्दामा नराम्रोसँग चुकेको तथ्य जगजाहेर छ ।

२. लोकतन्त्रः
लोकतान्त्रिक प्रक्रियामा आउनु, निर्वाचित हुनु र लोकतान्त्रिक संस्कृति अनुरुपको हुनुमा फरक हुन्छ । प्रतिपक्षका प्रति द्वेषयुक्त अभिव्यक्तिहरू, निषेधाज्ञा, मिडियामा बढ्दो हस्तक्षेप र नागरिक स्वतन्त्रता माथि अतिक्रमणमार्फत सरकारद्वारा प्रस्तुत प्रवृत्ति समग्रमा लोकतान्त्रिक संस्कृति अनुरुप किमार्थ होइन ।
३. संघीयताः
कमजोर गराउने, आलोचना बढाउने र असफल गराउने नियतमा देखियो संघीय सरकार ।
४. सुशासनः
विश्वविद्यालयका उपकुलपति माथि अपमानजनक ब्यवहार, सुन प्रकरणमा भनिएका ठूला माछाको उन्मुक्ति, अनि भ्रष्टाचारको सत्ता संरक्षित विकेन्द्रीकरणले कम्युनिष्ट सरकारको सुशासनको चित्र प्रष्ट्याएको छ ।
५. मूल्यवृद्धिः
हिजो सर्वहाराको नारा आज सर्वहारालाई चर्को मूल्य उपहार । त्यसबारे प्रधानमन्त्रीबाट गैरजिम्मेवार जवाफ । स्थानीय तहमा कर आतंक हुदै गर्दा सिंहदरवारको उदाशीन भूमिका ।
६. समृद्धि यात्राः
सपनाको हवाई उडान तर नीति तथा कार्यक्रममा न इच्छाशक्ति देखियो न बजेट मार्फत त्यस्तो क्रमभंगको कुनै भिन्न कार्यक्रम आयो । ६ महिने उपलव्धीमा पुरानै प्रगतिका विवरण पनि समेटिएका छन् ।
७. न्यायालयः
प्रधानमन्त्रीको दोहोरो चरित्रको शिकार । कार्यपालिका र व्यवस्थापिकाको लाचार छायाँ बनाउने षड्यन्त्र ।

 

प्रतिकृया दिनुहोस

बर्दियामा घर घरमा गई क्रिश्चियन धर्मको प्रचार गर्ने एक अष्ट्रेलियन महिलासहित चार नेपाली पक्राउ

नमस्ते सम्बाददाता टीकापुर, २६ कार्तिक बर्दिया सरदरमुकाम गुलरियाको बजार क्षेत्रका घर घरमै गएर क्रिश्चियन धर्मको प्रचारप्रसार गर्दै हिँडेको

मानव अधिकारको अवस्थामा सुधार ल्याउन एम्नेष्टीले नेटवर्क विस्तार गर्ने

सम थापा काठमाडौं, १४ असोज एम्नेष्टी इन्टरनेशनल नेपालका नवनिर्वाचित अध्यक्ष विक्रम ढुकुछुले मानवअधिकारको अवस्थामा सुधार ल्याउनु पर्ने आवश्यकता

एम्नेष्टी नेपालको २७ औं साधारण सभा सम्पन्न: अध्यक्ष ढुकुछु र महासचिव कुँवर

नमस्ते सम्बाददाता टीकापुर, १० असोज विश्व मानव अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल नेपालको २७ औं वार्षिक साधारण सभा एवं राष्ट्रिय परिषद् बैठक